पिता बिदा लिँदै, छोरा उदाउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०८१
|
|
३२ पटक हेरिएको
Shares
पिता बिदा लिँदै, छोरा उदाउँदै

सारांश

  • काठमाडौं।
  • विश्वकै सर्वश्रेष्ठ फुटबलर लियोनल मेस्सी सन्न्यासको सँघारमा रहेकै बेला उता लोभलाग्दो दृश्य मञ्चन भइरहेको छ ।
  • चोटका कारण गत सोमबार बिहान सम्पन्न ‘कोपा अमेरिका–२०२४’ फाइनल पुरै खेल्न असमर्थ मेस्सी बेन्चमा धर्धरी रुँदै गर्दा ‘फेमिली सेक्सन’मा रहेका उनका जेठा छोरा थियागो मेस्सी कुसिच पनि पिताको वेदनामा भावविह्वल बनिरहे ।

काठमाडौं। विश्वकै सर्वश्रेष्ठ फुटबलर लियोनल मेस्सी सन्न्यासको सँघारमा रहेकै बेला उता लोभलाग्दो दृश्य मञ्चन भइरहेको छ ।

चोटका कारण गत सोमबार बिहान सम्पन्न ‘कोपा अमेरिका–२०२४’ फाइनल पुरै खेल्न असमर्थ मेस्सी बेन्चमा धर्धरी रुँदै गर्दा ‘फेमिली सेक्सन’मा रहेका उनका जेठा छोरा थियागो मेस्सी कुसिच पनि पिताको वेदनामा भावविह्वल बनिरहे ।

अमेरिकाको ङ्खलोरिडा मियामी गार्डनस्थित हार्डरक स्टेडियमका ६४ हजार ७ सय ६० प्रत्यक्ष दर्शकमध्ये भावविह्वल उनै थियागो सर्वकालीन फुटबलर मेस्सीको ‘उत्तराधिकारी’का रूपमा उदाउँदै छन् ।

‘जुनियर गेम’हरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका उनी पिताकै लयमा फुटबल खेल्छन् । ‘पितापथ’ पछ्याइरहेका १२ वर्षीय थियागो तीव्र गति, सटीक पास र ड्रिब्लिङका कारण सहउमेरका खेलाडीमाझ लोकप्रिय छन् । आगामी सन् २०३० को विश्वकपसम्ममा उनी विश्व फुटबलजगत्मा कहलिसकेका हुनसक्ने सम्भावना प्रबल बन्दै गएको छ ।

इंग्ल्यान्डको फुटबल क्लब ‘इन्स्टिच्युट मेस्सी’बाट थियागो प्रशिक्षित छन् । यस क्लबको मुख्य ध्येय युवा प्रतिभालाई प्रशिक्षित गर्ने र फुटबलमा उनीहरूको भविष्य निर्धारण गर्ने रहेको छ । साप्ताहिक प्रशिक्षण सत्रमा भाग लिइरहने थियागोको कौशल र खेलस्तरमा व्यापक सुधार भइरहेको प्रशिक्षक बताउँछन् ।

त्यसो त, थियागो अहिले बार्सिलोना क्लबको युवा टोलीबाट खेलिरहेका छन् । उनी पिता मेस्सीझैं मिडफिल्डर र आक्रमणकारी भूमिकामा छन् । यी ‘पोजिसन’ फुटबलको आधारभूत मानिन्छ ।

कक्षा ५ मा अध्ययनरत बार्सिलोना क्लबको ‘यू–८’ स्तरमा खेल्दै आएका थियागो अध्ययनसँगै फुटबललाई पनि उत्तिकै समय दिइरहेका छन् । ‘हाम्रो जीवनमा आएको पहिलो पल नै जादुमयी थियो, जब थियागोको जन्म भयो,’ ३७ वर्षीय पिता लियोनल मेस्सी १२ नोभेम्बर २०१२ को क्षण सम्झिँदै भन्छन्, ‘उनले हाम्रो परिवारलाई पूर्ण बनाए र जीवनमा धेरै खुसी ल्याए, फुटबलमा उनको रुचि देखिन थालेको छ ।’

थियागोको पहिलो जन्मदिन परिवारका लागि जीवनकै ‘विशेष पल’ रहेको मेस्सी स्मरण गर्छन् । ‘उनको कोमल हाँसो र खुसीले हाम्रो परिवारलाई अझै नजिक बनाउन सहयोग पु¥याएको थियो,’ मेस्सी थप्छन्, ‘अहिले थियागो फुटबलमा रमाउन थालेका छन्, यो देखेर खुसी लाग्छ, म चाहन्छु कि उनी फुटबलमा खुसी खोजून् र आफूलाई त्यसैमा पाऊन्, उनले फुटबल खेललाई प्रेमका रूपमा हेर्न सकून्, न कि पेसेवर करियरका रूपमा ।’

थियागो भविष्यमा राम्रो खेलाडी बन्न सक्ने विश्वास मेस्सीलाई पनि छ । उनी चाहन्छन् आफ्नो छोराले ‘खेललाई पारिवारिक दबाब’का रूपमा नलियोस् । ‘उनी साधारण र मृदुभाषी बच्चा हुन्, हामीले उनको विकासमा विशेष ध्यान दिएका छौं र यो हाम्रो पारिवारिक दायित्व पनि हो, उनको हाँसोले हाम्रो जीवनलाई विशेष बनाउँछ, उनी असाध्यै दयालु बच्चा पनि हुन् ।’

स्पेनमा जन्मिएका थियागोकी आमा अन्तोनेला रोकुजो प्रसिद्ध मोडेल तथा व्यापारी हुन् । सन् २०१७ मा बालसखा लियोनल मेस्सीसँग विवाह गरेपछि सामाजिक सञ्जालमा सक्रियता र व्यावसायिक गतिविधिमा उनको संलग्नता बढ्न थालेको हो । थियागोको जन्मपछि मेस्सीसँग उनको विवाह भएको थियो ।

प्रायः परिवारसँग समय बिताउन मन पराउने थियागो आफ्ना भाई ८ वर्षीय माटेयो मेस्सी र ६ वर्षीय चिरो मेस्सीलाई औधी माया गर्छन् । ‘म फुटबल खेल्न रमाउँछु र यसलाई बढीभन्दा बढी बुझ्न चाहन्छु,’ थियागो भन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…
राेचक: आफ्नै पेस्तोलबाट चलेको गोलीले लागेर युवक नपुसंक भएपछि…
गठबन्धन सरकारलाई कसैले ढाल्नु पर्दैन, आफैँ ढल्ने अवस्थामा पुगेको छ : केपी ओली
गठबन्धन सरकारलाई कसैले ढाल्नु पर्दैन, आफैँ ढल्ने अवस्थामा पुगेको छ : केपी ओली
भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो
भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो
भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !
सरकारविरुद्ध उत्रियो कांग्रेस
सरकारविरुद्ध उत्रियो कांग्रेस
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
कतारमा काभ्रेली समाजको सास्कृतिक कार्यक्रम
कतारमा काभ्रेली समाजको सास्कृतिक कार्यक्रम
कोरोना त्रासले भक्तपुर महोत्सव स्थगित
कोरोना त्रासले भक्तपुर महोत्सव स्थगित
तीन वर्षपछि चिज उद्योग पुनः सञ्चालनमा
तीन वर्षपछि चिज उद्योग पुनः सञ्चालनमा

तपाईंले छुटाउनुभयो कि?