प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न सकस, यी हुन् मन्त्रीका आकांक्षी
सारांश
- काठमाडौं, १० फागुन – प्रधानमन्त्री केपी ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्।
- प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः आजै (बिहीबार) विस्तार गर्ने योजना बनाएका छन्।
- आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं, १० फागुन – प्रधानमन्त्री केपी ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः आजै (बिहीबार) विस्तार गर्ने योजना बनाएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
एमाले अध्यक्ष ओली माओवादी केन्द्रको साथ लिएर फागुन ३ मा प्रधानमन्त्री बनेका थिए। त्यसयता सरकार गठनका लागि तयारी गरे पनि मन्त्रालयको भागबन्डा, संख्या र आकांक्षीको दबाबका कारण उनलाई सकस परिरहेको छ। प्रधानमन्त्री ओली सकभर उपेन्द्र्र यादव नेतृत्वको संघीय फोरमलाई समेत सहभागी गराई दुईतिहाइको सरकार सञ्चालनको कसरतमा छन्। त्यसका लागि उनले निर्वाचन परिणाम आएदेखि नै यादवलाई प्राथमिकता दिइरहेका छन्।
सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमै यादवलाई बोलाई सरकारमा आउन संयुक्त आग्रह मात्रै गरेनन्, बुधबार दुई पार्टीका प्रतिनिधिबीच औपचारिक छलफल नै गराएर सरकारमा आउन प्रस्ताव राखेका छन्।
सरकार विस्तारमा उपेन्द्रको पार्टीको निर्णयसमेत ओली अहिले पर्खेर बसेका छन्। यादवले सकारात्मक प्रतिक्रिया दिए मन्त्रिपरिषद्को संख्या केही तल–माथि गरेरै भए पनि सरकारमा ल्याउने तयारीमा ओली रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
कसका अप्ठ्यारा के ?
माओवादीभित्र मन्त्री बन्ने आकांक्षीको सूची लामै छ। आकांक्षीको सूची बढ्ने मात्र होइन, सरकारमा पठाउन खोजिएका नेताहरूले पार्टीको भागमा पर्ने प्रभावशाली मन्त्रालयमै मात्रै आँखा लगाउन थालेका कारण पनि मन्त्रीहरूको विषयमा माओवादी टुंगोमा पुग्न सकेको छैन।
एमालेका दुई र माओवादीका दुई जना राखेर ओलीले बुधबार दोस्रो चरणमा मन्त्रिमण्डल विस्तार गर्ने चर्चा चलेपछि बिहानै आकांक्षीहरू दाहालनिवास खुमलटार पुगेका थिए। एक्कासि नेताहरू ओइरिएपछि उनले सरकारमा सहभागिताका विषयमा अनौपचारिक छलफल गरेका थिए। छलफलक्रममा दाहालले सरकारको नेतृत्व पार्टीका तर्फबाट रामबहादुर थापाले गर्ने संकेत गरेका थिए।
आकांक्षी को को ?
माओवादी : रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, हितबहादुर तामाङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, लेखराज भट्ट, शशि श्रेष्ठ, जयपुरी घर्ती, सुरेश राई, राम कार्की।
एमाले :ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम रावल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, प्रेम आले, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ।
Mohan Neupane
Sakasai pardaina sochxa xabika manxe khojni mantry banauni
Gobinda Prasad Chapagai
Ok……..
Kp………..
Khadga Parsad Oli
Gobinda Prasad Chapagai
Ok
Kp
Oli