एन्फा निर्वाचनः शेर्पा र कुँवरकाे फरक मत !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
एन्फा निर्वाचनः शेर्पा र कुँवरकाे फरक मत !

सारांश

  • काठमाडाै, १८वैशख ।
  • चुनावको मितीलाई लिएर अध्यक्षका प्रत्यासीहरु नै बाझिँएपछि वैशाख २२ हुने भनिएको अखिल नेपाल फुटबल संघ(एन्फा)को चुनाव अन्योलमा परेको छ।
  • चुनावको मितीका विषयमा दुई अध्यक्षका प्रत्यासीहरुमा फरक मत देखिएको हो।

काठमाडाै, १८वैशख । चुनावको मितीलाई लिएर अध्यक्षका प्रत्यासीहरु नै बाझिँएपछि वैशाख २२ हुने भनिएको अखिल नेपाल फुटबल संघ(एन्फा)को चुनाव अन्योलमा परेको छ। चुनावको मितीका विषयमा दुई अध्यक्षका प्रत्यासीहरुमा फरक मत देखिएको हो।

अध्यक्षका प्रत्यासी तथा वर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवरले प्यानलसहित मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विधानसम्वत मिती नतोकिएकाले बैशाख २२ गते चुनाव हुन नसक्ने बताएका छन्।

अर्का अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पाले भने उक्त मिती विधानसम्वत हुनुका साथै विश्व फुटबल महासंघ(फिफा) र एसियाली फुटबल महासंघ(एएफसी)को मान्यता रहेकाले त्यसै मितीमा हुने बताएका छन्।

घटनाक्रम
गत कार्तिक मै हुनुपर्ने एन्फाको चुनाव विभिन्न विवादहरुले गत चैत्र १४ गतेका लागि तोकिएको थियो। तर, क्लबहरुले आफूलाई जिल्ला साधारण सभामा सहभागिता नगराएको भन्दै अदालतमा मुद्या दिएपछि भक्तपुर जिल्ला फुटबल संघको चुनाव हुन सकेको थिएन। यस्तै मकवानपुरमा चुनाव भएपनि बिधिसम्वत नभएको भन्दै त्यसलाई एन्फाले मान्यता दिएको थिएन्।

दुवै जिल्लाको साधारण सभा नभएपछि आफूहरुलाई केन्द्रीय निर्वाचनमा सहभागिता जनाउन पाउने अधिकारबाट वञ्चित गरिएको भन्दै उनीहरुले उच्च अदालत पाटनका मुद्या दर्ता गराएका थिए।

उक्त मुद्याको सुनुवाई गर्दै उच्च अदालतले उक्त जिल्लाहरुको किन सहभागिता भएन कारणसहित उपस्थित हुन आदेश सहित निर्वाचन चैत्र १४ गतेका लागि तोकिएको एन्फाको चुनाव नगर्न नगराउन आन्तरिम आदेश दिएको थियो।

अदालतको आदेशपछि उक्त निर्वाचन स्थगित भयो र एन्फाले भक्तपुर र मकवानपुरको चुनाव गराउँदै उनीहरुको सहभागिता सुनिश्चित गर्यो। योसँगै एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले अन्तरिम आदेश खारेज गरिपाउ भनि दिएको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत पाटनले वैशाख १२ अन्तरिम आदेश खारेज गरेपछि एन्फा चुनावको बाटो खुलेको थियो।

लगत्तै निर्वाचन समितीले स्थगित भएको निर्वाचन वैशाख २२ गते गर्ने मिति तोकेपछि दुवै अध्यक्षका प्रत्यासीहरु नै बाझिँएका हुन्।

शेर्पा भन्छन हुन्छ, कुँवर भन्छन हुँदैन
एन्फा विधानको धारा २७(२)मा कार्यकारी समितीले साधारण सभाको मिती, समय र स्थान तोक्ने उल्लेख छ। उक्त धाराका अनुसार कार्यकारी समितीले साधारण सभाको मिती सदस्यहरुलाई कम्तिमा ६० दिन अगावै गराइने उल्लेख गरिएको छ।

कुँवरको जिकिर अदालतले अन्तरिम आदेशपछि नयाँ मिती घोषणा गरिन लागिएकाले विधान अनुरुप ६० दिनको जानकारी गराएर चुनाव गराउनुपर्ने भन्ने छ।

‘अघिल्लो मिती अदालतको आदेशबाट स्थगित भइसक्यो,’ कुँवरले भने, ‘बिधानमा प्रस्टसँग साधारण सभा बोलाउन ६० दिनको सुचना हुनुपर्ने व्यवस्था गरिएको छ। नयाँ मिती(बैशाख २२) गतेका लागि तोक्दा सदस्यहरुलाई ८ दिनको मात्रै सुचना दिइएको छ। विभिन्न विकट जिल्लाबाट समेत गरी २ सय ३१ प्रतिनिधि आउनुपर्ने ८ दिने सुचनाले उनीहरु आउन प्रर्याप्त होला त?’

शेर्पा भने अदालतको अन्तरिम आदेशले बीचमा प्रक्रिया रोकिएपनि विधान अनुसार ६० दिनको प्रक्रिया अन्तरिम आदेशअघि नै सुरु भइसकेको बताउँछन्।

‘अन्तरिम आदेश भनेको अस्थायी रुपमा चुनाव रोकिएको हो,’ उनले भने, ‘अन्तरिम आदेश खारेज भएपश्चात पुरानै रोकिएको प्रक्रियाअनुरुप चुनाव हुन्छ। फिफा र एएफसीले पनि बैशाख २२ मा चुनाव गर्न अनुमति दिइसकेपछि जसरी पनि चुनाव हुन्छ।’

अब के?
पत्रकार सम्मेलनमा कुँवरले अब आफूहरुको प्यानलले छलफलपछि मात्रै अर्को कदमका बारेमा निर्णय लिने बताए। शेर्पा भने जसरी पनि बैशाख २२ मा चुनाव हुनुपर्ने पक्षमा छन्।

यसअघि अदालतको अन्तरिम आदेशपछि चुनाव रोकिएपछि बस्तुस्थिती बुझ्न एएफसीका प्रतिनिधि नेपाल आएका थिए। सरोकारवालाको छलफलपछि उनले लगत्तै प्रक्रिया अनुरुप चुनाव गर्न अन्तिम मौका दिएको भनेको थिए।

यदि अब पनि एन्फाको चुनाव नहुने हो भने फिफाले एन्फालाई प्रतिबन्ध लगाउने खतरा बढेको छ। कुवँरले भने बाध्यात्मक तरिकाले चुनावको घोषणा गराउनेहरुले त्यसको जिम्मेवारी लिनुपर्ने बताएका छन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Justin Biral

    ? Aʀᴇ Yᴏᴜ Fᴏᴍᴏᴜꜱ Shikhar News ?
    ??? CHBOTTER ? NEPALI-BOT, TK ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा विशेष छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा विशेष छुट
ओली-प्रचण्ड वार कि पारको लडाईमा, फुट जोगाउन चमत्कार हुनुपर्ने
उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त
उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त
अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला
अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला
त्रिशूलीमा फेरि बस खस्यो, आठजनाको जीवितै उद्धार, एकजनाको शव भेटियो
त्रिशूलीमा फेरि बस खस्यो, आठजनाको जीवितै उद्धार, एकजनाको शव भेटियो
1xbet Mobile Yukle 1xbet Apk As Well As App Android, Iphone Ilə Idman Mərcləri Üçün Mobil Proqramlar 1xbet Co
सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी
सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी
यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन
यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
मोहितवंश र मेलिनाको ‘भटक भटक’ मा नाजीर र आश्मा
मोहितवंश र मेलिनाको ‘भटक भटक’ मा नाजीर र आश्मा

तपाईंले छुटाउनुभयो कि?