अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)

सारांश

  • काभ्रे, २० जेठ ।
  • काभ्रेमा र्इटा भट्टा बन्द गराउन स्थानीय एकजुट भएका छन ।
  • काभ्रे जिल्लाकाे पाँचखाल नगरपालीकाका स्थानीयहरू बिगत केहि समयदेखी भट्टा बन्द गर्ने अभियानमा लागेका हुन ।

काभ्रे, २० जेठ । काभ्रेमा र्इटा भट्टा बन्द गराउन स्थानीय एकजुट भएका छन ।

काभ्रे जिल्लाकाे पाँचखाल नगरपालीकाका स्थानीयहरू बिगत केहि समयदेखी भट्टा बन्द गर्ने अभियानमा लागेका हुन । भट्टा बाट निस्कने धुँवाकाे कारण  स्थानियबासीन्दाहरू बिरामी पर्न थालेपछि बन्द गर्ने अभियानमा जुटेकाे स्थानीएले बताए ।

उनिहरूले भट्टाका कारण स्वच्छ श्वास फेर्न नपाएपछि त्यसको विरोधमा जागेकाे र  भट्टाले सहर बिगार्न थालेपछि आफूहरू भट्टा बन्द गराउने अभियानमा जुटेको बताए।

पाँचखालका सामाजिक अगुवा श्रीकृष्ण धिमालका अनुसार, ‘पाँच बर्ष अघर र अहिले हेर्दै यो ठाउँ उराठलाग्दो छ ।’ कालो धुवाँबाहेक केही नदेखिने बताए। उनीमात्रै होइन, यो ठाउँबाट पुगेर पाँचखाललाई नियाल्ने जोसुकै पनि दंग पर्छन्, सहरको रूप देखेर । कुनैताका कृषि उत्पादनले हराभर देखिने ठाउँ अहिले सुक्खा छन् । सबैतिर इँटा भट्टामात्रै देखिन्छन् ।
‘हामीले यसको विरोध गर्न थालेको धेरै भयो,’ स्थानीय नारायण कार्कीले भने, ‘धुवाँधुलोले बच्चा बिरामी पर्न थालेपछि बसाइँसम्म सर्नुपर्ने बाध्यता छ । तर, यो समस्या अरुलाई सामान्य लाग्यो ।’ उनले सिंगो समुदाय नै भट्टा बन्द गराउन जुट्दा पनि सरोकारवाला निकायले भट्टा सञ्चालकहरूलाई संरक्षण गरेको आरोप लगाए ।

स्थानिय भन्छन ‘लुगा सुकायो कालै हुन्छ, गाईवस्तुलाई खुवाउने घाँसपात कालै हुन्छ, धुवाँकै कारण स्वच्छ हावा लिन पाइँदैन, १० वर्षदेखि भट्टाको कालो मुस्लो सहँदै आएका छौं।’
पाँचखालभित्र २० मिटर दूरी नजिक सञ्चालन भएका ६ वटाभन्दा बढी भट्टाले पूरै सहरलाई कुरूप र प्रदूषित बनाएको छ । यी भट्टा पाँचखाल नगरपालिकाको ७, ८, ९ र १२ मा सञ्चालित छन् । जय भिमसेन इँटाभट्टा, कालिञ्चोक भगवती इँटाभट्टा, उपकार इँटाभट्टा, नवदुर्गा इँटाभट्टा सुवर्णेश्वरीलगायत भट्टा नगरपालिकामा समेत दर्ता छैनन् । २४ सैं घण्टा सञ्चालनमा आउने भट्टाले कालो धुवाँ फाल्ने गरेको स्थानीयको भनाई छ।

स्थानीयका अनुसार  ‘केही दिनअघि कालीमाटीमा पठाएको काउली कालो भयो भनेर फिर्ता आयो ।’ मापन गर्दा तरकारीमा इँटाभट्टाको कालो धुँवाको असर देखिएको जानकारी दिए ।
भट्टा हटाउन स्थानीय लागिपरेको वर्षौ बितेको छ । पाँचखाललाई पुरानै अवस्थामा कसरी पु¥याउने भनेर जुटेका धेरै स्थानीय चिन्तामा छन् । उनीहरू पटक–पटक विरोध गर्दा पनि भट्टा हट्नुको साटो थपिँदै गएको बताउँछन् । सरोकारवाला निकायलाई भट्टा बन्द गर्न पहल गर्दा पनि सुनुवाइ नगरेको गुनासो स्थानियकाे छ । अावेगमा अाएर स्थानिय भन्छन ‘हामीले जसरी पनि भट्टा बन्द गरेरै छाड्छौं,’  ‘भट्टाका कारण दैनिक जीवनयापनमा प्रत्यक्ष असर परेको छ।’

तर यता लामो समयदेखि भट्टा सञ्चालन गर्दै आएका स्थानीय राजकुमार श्रेष्ठले पाँचखाललाई औद्योगिक सहरका रूपमा चिनाउन भट्टा सञ्चालन गर्दै आएको जानकारी दिएका छन । उनले मंसिरदेखि जेठसम्म भट्टा सञ्चालन गर्दैं आएको बताए । ‘स्थानीयलाई समस्या भएको कुरा मैले स्वीकार गर्छु,’ उनले भने, ‘हामीले पनि त गरिखान पाउनुपर्यो, सरकारले भट्टा सञ्चालनको लागि कुनै क्षेत्र तोकिदिए हामी त्यही गएर व्यवसाय गर्न सक्छौं ।’
पाँचखाल बचाउ अभियानका संयोजक सूर्यबहादुर भेटवालले आफूहरूले जुनै हालतमा पनि यसलाई बन्द गराएरै छाड्ने बताए । उनले व्यावसायीहरूको दम्भले गर्दा हजारौं घरधुरी प्रभावित भएकोले सरोकारवाला निकायले पनि त्यसतर्फ चासो दिनुपर्ने माग राखे।
‘हामीले संघर्ष गर्न लागेको धेरै भयो,’ उनले भने, ‘केही निश्चित व्यक्तिले आफ्नो स्वार्थ पूर्तिको लागि यसरी स्थानीयलाई नै अटेर गरी भट्टा सञ्चालन गर्दै आएका छन्, भट्टामा राजनीति गर्न पाइँदैन ।’ उनका अनुसार पाँचखाल नगरपालिकाका मेयरले चुनावअघि भट्टा हटाउने आश्वासन दिएका थिए । तर, विद्यालय नजिकै र बस्ती नजिकै सञ्चालन भएका भट्टा बन्द गर्न कसैले चासो दिएका छैनन् । ‘केही आसेपासेले मेयरसा’पलाई भाडेका छन्,’ उनले थपे, ‘भट्टामा बालश्रम शोषण हुँदा पनि जनप्रतिनिधि रमिते छन्।’

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले यस क्षेत्रमा रहेका कुनै पनि इँटाभट्टा आफूले दर्ता नगरेको बताए । उनले इँटाभट्टाले बजार क्षेत्रलाई असर पार्ने हुँदा ती सबै भट्टाहरू माथिल्लो निकायबाटै बन्द हुनुपर्ने जनाए । ‘पाँचखालमा रहेका कुनै पनि भट्टा नगरपालिकामा दर्ता छैनन्,’ उनले भने, ‘हामीले यहाँका भट्टाहरू अवैध हुन् भनेर वातावरण विभागमा पनि प्रतिवेदन पठाएका छौं ।’ उनले आफू निर्वाचित हुनुपहिले केही आसेपासे नेताहरूको आडमा दर्ता भएका रहेछन् भने तिनलाई बन्द गराउने बताए ।

भट्टाले सुकाए पानीका स्रोत
भट्टाका कारण पाँचखाल क्षेत्रमा खानेपानी हाहाकार मच्चिन थालेको छ । भट्टा सञ्चालन नआउञ्जेल पानी आउने स्रोतहरू सुक्न थालेका छन् । भट्टाले पानीको बढी प्रयोग गरेको र जमिनमुनिको पानी डिप बोरिङ गरेर निकालेका कारण स्थानीयलाई पानीको अभाव हुन थालेको स्थानीय चेतनाथ दंगालले जानकारी दिए । उनले कृषि उत्पादनको लागि पानी नभएकाले हिउँदमा खेतीपाती गर्न नसकिएको बताए।

‘पहिले–पहिले हिउँद महिनामा खानेपानीको खासै समस्या थिएन,’ उनले भने, ‘जब भट्टाहरू बढ्दै गए त्यसपछि खानेपानी र कृषि उत्पादनको लागि प्रयोग गर्ने पानीको अभाव देखिन थाल्यो ।’ उनका अनुसार अहिले इँटा भट्टाहरूले किसान हिउँदे खेती गर्न ल्याएको पानी प्रयोग गर्न थालेका छन् । जसको कारण खेतबारीमा लगाएको तरकारी खेती सुक्ने अवस्थामा पुगेको हो ।

यसैबिच बन्द गराउदै हिँडेका स्थानिय र र्इटा भट्टा संचालक बिच बिवाद भएकाे छ । बिवाद हुँदा हातहालाहालकाे सृजना भएकाे हाे । हेर्नुहाेस याे भिडियाे ।

https://www.youtube.com/watch?v=ZD9ivS9jXug

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
श्रीमती र छोराछोरीको लाश फ्रिज र बाकसमा, आफू पंखामा झुण्डिएर आत्महत्या !
श्रीमती र छोराछोरीको लाश फ्रिज र बाकसमा, आफू पंखामा झुण्डिएर आत्महत्या !
सदनमा कसरी प्रस्तुत हुने रणनीति बनाउँदै काँग्रेस
सदनमा कसरी प्रस्तुत हुने रणनीति बनाउँदै काँग्रेस
२५ किलो चरेससहित दुई जना पक्राउ
२५ किलो चरेससहित दुई जना पक्राउ
महागुरु फाल्गुनन्दको शालिक अनावरण
महागुरु फाल्गुनन्दको शालिक अनावरण
नेपाली सेनाका जर्नेलमाथि सैनिक अदालतमा मुद्दा
नेपाली सेनाका जर्नेलमाथि सैनिक अदालतमा मुद्दा
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
प्रहरी हिरासतका चार बिरामी
प्रहरी हिरासतका चार बिरामी
फेसबुकमा फोटो राख्नु अघि यी ४ कुरामा ध्यान दिनुहोला
फेसबुकमा फोटो राख्नु अघि यी ४ कुरामा ध्यान दिनुहोला

तपाईंले छुटाउनुभयो कि?