सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी

सारांश

  • काठमाडौं, ३१ जेठ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन् ।
  • बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ।

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ।’

तत्कालिन प्रधानमन्त्री विपी चीन भ्रमणमा जाँदा उनले माओसँग चीनबाट नेपाल जोड्ने दुईवटा सडक माँगेको स्मरण सुनाउँदै भण्डारीले भने,‘यो कुरा भारतीय पक्षलाई मन परेन, पछि राजासँग मिलेर विपीको सरकार नै ढालियो, विपीसँग दुई तिहाई बहमुत हुँदापनि उहाँको सरकार १८ महिना पनि टिक्न दिईएन्।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चीनीयाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने उनले सुझाए । उनले भने,‘यदि चीनले नेपालमा अनुदानमै रेल ल्याईदिओ भने प्रधानमन्त्रीको यो भ्रमण उपलब्धिपूर्ण हुन्छ।’

नेता भण्डारीले नेपालका नेताहरु विदेशीको गुलामी नै गर्नुपर्छ भन्ने संस्कारबाट ग्रसित रहेको समेत आरोप लगाए । उनले भने,‘हामी नेपाली हरेक कुरामा सक्षम छौं, आज हेर्नुहोस सिंगापुरमा हालै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको वार्तामा गोरखा सैनिकले सुरक्षा दियो, यो गौरवको विषय हो।’

उनले नेपालको विकास र समृद्धिको मोडल नै गलत रहेको गुनासो गरेका छन् । उनले भने,‘गलत मोडलमा हामीले विकास निर्माणका कामहरु अघि बढाएका छौं, हामीले धेरै योजनाविद बनाऔं, धेरै प्रधानमन्त्री बनाऔं, धेरै सरकार बनाऔं, तर भु–बनोट सुहाउँदो विकास गर्न भने सकेनौं।’

नेपालको भू–बनोट अनुसार हिमाल हेर्नको लागिमात्रै, पहाडको क्षयीकरण र तराई आगामी २० वर्षमा डुबानमा पर्ने खतरा पनि उनले औंल्याए । उनले भने,‘हामीले जतिसक्दो चाँडो एकीकृत वस्ती बसाल्नुपर्छ, हाम्रा सडकहरु मान्छे मार्ने धराप् बनेका छन्, अब हामी विश्व विकासको मोडल अनुसार अघि बढ्नुपर्छ।’ उनले तत्काल कम्तिमा पनि ५ वटा सुरुङमार्ग बनाउनुपर्नेमा जोड दिए ।

अहिलेकै अवस्थामा जोसुकै व्यक्ति नेतृत्वमा आएपनि यही मोडेलमा देशको विकास हुन नसक्ने नेता भण्डारीको ठोकुवा छ । उनले भने,‘हामीले विकासका प्राथमिकताहरु तय गर्न सकेनौं, हाम्रा आफ्ना पहिचानको बारेमा हामीलाई केही थाहा छैन, पशुपतिनाथ, जानकी मन्दिर, लुम्बिनी र मुक्तिनाथ यी हाम्रा पहिचान हुन्।’ नेपालका आफ्ना पहिचानलाई भारतका प्रधानमन्त्री आएर देखाईदिनुपर्ने यो कस्तो विडम्बना भन्दै उनले प्रश्न समेत तेर्साए ।

स्वदेशमै रोजगारी सिर्जना नहुँदा नेपालका ठूलो मात्रामा युवा जनशक्ति खासगरी प्लस टु उत्तिर्ण गर्नेबित्तिकै विदेश पलायन हुने गरेको पनि उनले सुनाए । उनले अहिले सत्तापक्ष सत्तापक्षजस्तो नभएको र प्रतिपक्षीपनि प्रतिपक्षजस्तो नभएको आरोप लगाए ।

उनले थपे,‘प्रधानमन्त्री ओली अन्टसन्ट बोल्नुहुन्छ, प्रतिपक्षी दलका नेता बोल्दै बोल्नुहुन्न।’ अहिले सरकारसँग दुई तिहाईभन्दा बढिको बहुमत हुँदापनि सोचे अनुसार काम नभएको उनको गुनासो छ ।

उनले थपे,‘प्रधानमन्त्रीले रातदिन काम गर्नुपर्ने बेला हो, १८ घण्टा काम गर्नुपर्छ।’ सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको पनि उनको भनाई थियो ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    अब 5 बर्षसँम सुतेकै राम्रो

    Comment Author

    Khushila Pun

    Pratipacchhi vaneko ramra kura lai ni birodh garne ho?! kina ramro kura mai ni birodh garchha pratipacchhi le?! ki pratipacchhi vaneko ramro kam garda ni khutta tanera agadi badhnai nadine ho?!

    Comment Author

    Dorna Sirmali

    Yeti barsa sutra Khayeko ab nikalnu preyo ni

    Comment Author

    Alfalak Raiishwor

    Ok chha ta

    Comment Author

    Netra Gurung

    सुतेर भत्ता खान पाइन्छ त ?

    Comment Author

    Raj Paudel

    हा हा हा इनिहरुको सर्कर्को बेउतै को काम हेरम न २00७ साल बात पतक पतक २0074 सम्म बहुमत पायर 38 वटा कल्कार्खाना बेचेर खायो काङ्ग्रेस ले अनि देश्का 60 लाख युबा सरम गर्न बधय देश्लाइ भरस्ताचर तस्कर गुन्दागर्दी म जाग्यो अनि इनि हरुकै थुला कुरा अब आउने चुनाव म पहिले जस्तै भरम छरेर चुनब जितौल भनेको हौला यो सम्भब छैन इनिहरुलाई देस्को केइ चिन्ता छैन इनिलै यै चिन्ता क्स कि 5 साल पछि कसरी सताम पुगेर कुम्लयौनी भने मात्रै चिन्ता छ केपि ओलि ले 100दिन म गरेको काम इनिहरुले 100 बर्ष म गर्न सक्दैनन अनि तै ओलि लाइनै यो भयन वो भयन इनिहरुलाइ त लाज लाग्दो रहिन रहेछ

    Comment Author

    Bekharam Maharjan

    Khuma b dr. Ko kutta

    Comment Author

    Satish Kumar Pokharel

    नेपाली काङ्ग्रेस जहिलेनी सुतिरहेको थियो कहिलेपो जागेको थियो र?

    Comment Author

    Dushyanta Silwal

    सधै को लागि सुतेका हैनन् र???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्प्युटर शिक्षा लिन पाउने भएपछि विद्यार्थीहरुमा खुसीयाली
कम्प्युटर शिक्षा लिन पाउने भएपछि विद्यार्थीहरुमा खुसीयाली
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
पुस ५ गते आइतवारको राशिफल यस्तो छ
पुस ५ गते आइतवारको राशिफल यस्तो छ
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ
धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
जेठ ३० गते शुक्रबारको राशिफल यस्तो छ
जेठ ३० गते शुक्रबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?