त्रिशूलीमा फेरि बस खस्यो, आठजनाको जीवितै उद्धार, एकजनाको शव भेटियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २, २०७३
|
|
१४१ पटक हेरिएको
Shares
त्रिशूलीमा फेरि बस खस्यो, आठजनाको जीवितै उद्धार, एकजनाको शव भेटियो

सारांश

  • चितवन : राजधानीबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खसेको छ ।
  • आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने एकजनाको मृत्यु भएको छ ।
  • पुरुषको शव भेटिए पनि उनको पहिचान खुलेको छैन ।

चितवन : राजधानीबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खसेको छ ।
आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने एकजनाको मृत्यु भएको छ । पुरुषको शव भेटिए पनि उनको पहिचान खुलेको छैन ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसको आधा भाग त्रिशूलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै नदी र दुर्घटनास्थल आसपासमा खोजी कार्य गरिएको छ । प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा खटिएको छ ।

दुर्घटनाग्रस्त बसको चालक र सहचालक सम्पर्कमा नरहेकाले बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको यात्रु बस साँझ पौने नौ बजे त्रिशूलीमा खसेको हो ।
मुग्लिन–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम भइरहेकाले पछिल्लो समय दैनिकजसो यहाँ दुर्घटना हुँदै आएका छन् ।

श्रोत

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
सामाजिक सञ्जालमा नेगेटिभ चर्चा बटुलिरहेका  साकार अधिकारी  को हुन् ?
सामाजिक सञ्जालमा नेगेटिभ चर्चा बटुलिरहेका साकार अधिकारी को हुन् ?
नारुहितो बने जापानको १ सय २६ औं राजा
नारुहितो बने जापानको १ सय २६ औं राजा
यौन सम्पर्क अघि महिलाले पार्टनरबाट कस्तो अपेक्षा राख्छन् ?
यौन सम्पर्क अघि महिलाले पार्टनरबाट कस्तो अपेक्षा राख्छन् ?
प्रम ओलीलाई हटाउने प्रचण्ड–माधव नेपालको तयारी, वामदेवले थाले गृहकार्य !
प्रम ओलीलाई हटाउने प्रचण्ड–माधव नेपालको तयारी, वामदेवले थाले गृहकार्य !
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत
नेपाल महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
नेपाल महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
रोल्पाबाट खाता खोल्यो कांग्रेसले  , सुकीदह-१ मा प्यानलै विजयी
रोल्पाबाट खाता खोल्यो कांग्रेसले , सुकीदह-१ मा प्यानलै विजयी
निर्वाचन सम्पन्न गरेकामा देउवालाई मोदीको बधाई
निर्वाचन सम्पन्न गरेकामा देउवालाई मोदीको बधाई
२०२० कोरोना महाामरीको वर्ष, २०२१ भ्याक्सिनको वर्ष