७ महिनामा ५० तोला सुन चोर्ने महिला सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
७ महिनामा ५० तोला सुन चोर्ने महिला सार्वजनिक

सारांश

  • चितवन, २३ साउन ।
  • भरतपुर महानगरपालिकाको बजार क्षेत्रका विभिन्न ६ वटा घरमा चोरी गरेको आशंकामा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
  • भरतपुरको विभिन्न घरबाट करिब एक सय तोला भन्दा बढी सुनको गरगहना चोरी गरेको आरोपमा पक्राउ परेकी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ की सरिता विकलाई चितवन प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

चितवन, २३ साउन । भरतपुर महानगरपालिकाको बजार क्षेत्रका विभिन्न ६ वटा घरमा चोरी गरेको आशंकामा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । भरतपुरको विभिन्न घरबाट करिब एक सय तोला भन्दा बढी सुनको गरगहना चोरी गरेको आरोपमा पक्राउ परेकी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ की सरिता विकलाई चितवन प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

चितवनबाट चोरी गरेको गहनाहरु काठमाडौँको सानुरत्न शाक्यको सुनचाँदी पसल र चितवनकै लेखबहादुर विकले सञ्चालन गरेको रश्मी ज्वेलरीमा लगेर बिक्री गरेको भेटिएकोले सुनचाँदी पसलका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ । सरिता विकले सुनचाँदीको विभिन्न गहना गरि ७० लाख रुपैयाँ बराबरको सामान चोरी गरेको पाइएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । चितवनमा अन्य ठूला चोरीहरुका गिरोह समेत पक्राउ गरिरहेको उल्लेख गर्दै राठौरले जिल्लामा सहकारी संघसंस्थाहरुको चोरीको घटना बढेकोले त्यसको समेत अनुसन्धान भइरहेको बताए ।

त्यस्तै, नारायणगढ बजारमा रहेको हाम्रो ईलेक्ट्रोनिक्स पसलबाट करिब ३० लाख ८० हजार रुपैयाँ बराबरको घडी तथा मोबाइल चोरी गरि भागेका भारतका मुन्ना साह र विश्वास एण्ड कम्पनीबाट बैंकमा जम्मा गर्न लागेको २३ लाख रुपैयाँ लिएर फरार भएका नवलपरासीको गैंडाकोटका अर्जुन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई कानुनी कारबाही अगाडि बढाएको प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rajendra Bhattachan

    ठूला माछा उम्की जान्छ्न, साना पर्छ्न घानमा,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?