यी हुन सुन तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका रक्षा भण्डारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
यी हुन सुन तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका रक्षा भण्डारी

सारांश

  • काठमाडौं, १८ वैशाख ।
  • विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुनका मुख्य तस्कर चुडामणि उपे्रेती ‘गोरे’की प्रेमिका रक्षा भण्डारीको बैंक खाता गृह मन्त्रालयको छानविन समितिले सिज गरेको छ ।
  • गोरेको आर्थिक कारोबार भण्डारीसँग रहेको ठहर गर्दै समितिले बैंक खाता रोकेर उनीमाथि अनुसन्धान थालेको हो ।

काठमाडौं, १८ वैशाख । विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुनका मुख्य तस्कर चुडामणि उपे्रेती ‘गोरे’की प्रेमिका रक्षा भण्डारीको बैंक खाता गृह मन्त्रालयको छानविन समितिले सिज गरेको छ ।

गोरेको आर्थिक कारोबार भण्डारीसँग रहेको ठहर गर्दै समितिले बैंक खाता रोकेर उनीमाथि अनुसन्धान थालेको हो । ‘अन्य कारोबार पनि भएको देखियो, त्यसकारण खाता रोक्का गरिएको छ’, स्रोतले भन्यो ।

तस्करीको सुनका भरिया सनम शाक्यको हत्यादेखि सुन तस्करीको मुख्य नाइके गोरे नै भएकोे निचोड गृह मन्त्रालयको छानविन समितिले निकालेको छ । त्यसमा सघाउ पुराउने प्रहरी अधिकारीहरूको बयान लिने काम मोरङको विराटनगरमा भइरहेको छ ।

को हुन् रक्षा भण्डारी ?

पूर्व नै घर भएकी रक्षा भण्डारी गोरेकी प्रेमिका हुन् । केही वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने तयारीमा जुटेको प्रहरी स्रोतले जनाएको छ ।

रक्षा केही समयदेखि काठमाडौंको गौरीघाटमा रुद्राक्षका व्यापार गर्ने आफ्ना बाबुसँग बस्दै आएको प्रहरी अनुसन्धानले खुलाएको छ ।
तस्कर गोरे विदेशमा भएको बेला सम्पूर्ण आर्थिक कारोबार रक्षाले नै सम्हालेकी थिइन् । गोरेले यसभन्दा पहिला भित्राएका तस्करीका सुन पहिला रक्षाका कोठामा राख्ने गरेको खुलेको छ ।

सानो परिमाणको सुन तस्करीको सूचना प्रहरीलाई दिएर त्यसवापतको कमिशन लिने गारेले ठूलो परिमाणको सुन आफैं भित्राउने गरेको पनि खुलीसकेको छ ।

छानविन समितिले हालसम्म कम्तिमा ४७ टन सुन विमानस्थल हुँदै नेपाल भित्रिएको रिपोर्ट सार्वजनिक गरी गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?