विषाक्त खानाले ७८ जना कैदी बिरामी, विरोधमा जेलभित्रै आन्दोलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विषाक्त खानाले ७८ जना कैदी बिरामी, विरोधमा जेलभित्रै आन्दोलन

सारांश

  • एएफपी – भारतको आर्थिक राजधानी मानिने मुम्बर्इको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् ।
  • खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका छन् ।
  • अस्पताल स्रोतले दिएको जानकारीअनुसार मुम्बर्इको बाइकुल्ला जेलमा रहेका ती महिलाहरुलाई दिइएको खाना विषाक्त पाइएको थियो।

एएफपी – भारतको आर्थिक राजधानी मानिने मुम्बर्इको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् । खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका छन् ।

अस्पताल स्रोतले दिएको जानकारीअनुसार मुम्बर्इको बाइकुल्ला जेलमा रहेका ती महिलाहरुलाई दिइएको खाना विषाक्त पाइएको थियो।  खाना खाएपछि पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता समस्या देखा परेको र उनीहरुलाई अस्पताल राखिएको स्रोतले जनाएको छ। सो अस्पतालका अधिकारीले ती महिलाहरुको सिकिस्त अवस्थामा उपचार भइरहेको बताएका छन्।

समस्याको कारण ७८ जना महिला अस्पताल भर्ना भएका भारतीय समाचार संस्थाहरुले जानकारी दिएका छन्। यस घटनाको विस्तृत रुपमा अनुसन्धान गर्न जेलका अधिकारीले निर्देशन दिएका छन्। उनीहरु बिरामी परेपछि सँगै रहेको पुरुषहरु राख्ने बन्दीगृहका बन्दीहरुले त्यसका विरुद्धमा आन्दोलन गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?