महिलाको समृद्धिविना मुलुकको समृद्धि सम्भव छैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
४८ पटक हेरिएको
Shares
महिलाको समृद्धिविना मुलुकको समृद्धि सम्भव छैन

सारांश

  • महेन्द्रनगर, धनुषा, १ भदौ  ।
  • प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्।
  • दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताए ।

महेन्द्रनगर, धनुषा, १ भदौ  । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताए ।

महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम ल्याएको उल्लेख गर्दै उहाँले शिक्षा र रोजगारीमा महिलाको पहुँचलाई सुनिश्चित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । विभिन्न सामाजिक कुरीतिका कारण महिला वर्षांैदेखि विभेदमा रहँदै आएको टिप्पणी गर्दै उहाँले प्रदेश सरकार त्यस्ता कुरीति अन्त्य गर्न सशक्त कानून ल्याउन लागेको जानकारी दिए ।

प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा समेत आरक्षणमा महिलाका लागि पचार प्रतिशत सिट सुरक्षित गरेको उल्लेख गर्दै उहाँले अन्य रोजगारीको अवसरमा समेत महिलालाई आधा सिट सुरक्षित गर्ने बताए। सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालविवाह, दाइजो प्रथाजस्ता कुरीतिले महिलालाई अन्यायमा पारेको बताउँदै त्यस्ता कुरीतिलाई अन्त्य गर्न प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?
तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?
संघीय निजामती ऐन ल्याइने
संघीय निजामती ऐन ल्याइने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम अघि बढेन
प्रधानमन्त्री ओलीको चीन भ्रमण : एजेन्डामा दलहरू विभाजित
प्रधानमन्त्री ओलीको चीन भ्रमण : एजेन्डामा दलहरू विभाजित
सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी
सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी
राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने
राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
हत्यारा पत्ता लगाउनै कठिन, पूर्वराजदूत झाको हत्यारा पत्तै लागेन
हत्यारा पत्ता लगाउनै कठिन, पूर्वराजदूत झाको हत्यारा पत्तै लागेन
अर्नालाई बाढीबाट जाेगाउन ढिस्को निर्माण
अर्नालाई बाढीबाट जाेगाउन ढिस्को निर्माण
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै  ! कर्यक्रम संचालक बने यि कलाकार
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै ! कर्यक्रम संचालक बने यि कलाकार