चिसोका कारण हुम्लाका विद्यालय बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
चिसोका कारण हुम्लाका विद्यालय बन्द

सारांश

  • हुम्ला, १८ पुस ।
  • अत्याधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन्।
  • सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ।

हुम्ला, १८ पुस । अत्याधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन्।

सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ। आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए।

मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने, ‘आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, त्यसपछि नयाँ शैक्षिक सत्रको शुरुवात गरिने छ ।’ जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १ सय ५१ विद्यालय बन्द भएका छन्। यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?