पेटको बच्चासहित गर्भवतीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पेटको बच्चासहित गर्भवतीको मृत्यु

सारांश

  • सुर्खेत, २१ वैशाख, सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ ।
  • कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान मृत्यु भएको हो ।
  • उनी सामान्य अवस्थामा सुत्केरी गराउनाका लागि बिहीबार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् ।

सुर्खेत, २१ वैशाख, सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ ।

कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनी सामान्य अवस्थामा सुत्केरी गराउनाका लागि बिहीबार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् । राति १२ बजेसम्म पनि डाक्टर नआएकाले अस्पतालकै लापर्वाहीका कारण मृत्यु भएको मनिषाका श्रीमान् जगत सिंहले बताउनुभयो । बिहानै अस्पताल भर्ना गरे पनि डाक्टरले कुनै वास्ता नगरेको सिंहको आरोप छ ।

छिटो सुत्केरी गराउन नर्सले सूई दिएको र पानी बग्दै जाँदा श्रीमतीको मृत्यु भएको सिंहले बताउनुभयो । “बिरामीले बरु छोरा चाहिँदैन तर मलाई बचाइदेऊ भन्दा पनि अस्पतालले बेवास्ता गरेको, समयमा शल्यक्रिया नगरेको, नाक मुखबाट रगत बगेको अवस्थामा गर्भवतीको मृत्यु भएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म मृतक बच्चा मृतक सिंहको पेटभित्र नै रहेको छ ।

सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी श्रीमतीको गुप्ताङ्गबाट पानी बगेको भनी हात हालेर पानी पोका फुटालेर भर्ना गरेको श्रीमान्को आरोप छ । अस्पतालमा दिनभरि मनिषाले आफूलाई बचाइदिन भन्दै हारगुहार गर्दा राति १ बजेसम्म पनि डाक्टर उपचारका लागि नआएको उहाँको भनाइ छ ।

अस्पतालले लापर्वाही गरेको भन्दै मृतकका आफन्तले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

उपचारमा लापर्वाही गर्नेलाई कडाभन्दा कडा कारवाही तथा मृतकका छोरा र छोरीको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ ।
फोक्सोमा पानी जम्दा गर्भवतीेको मृत्यु ः अस्पताल

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा डम्बर खड्काले फोक्सोमा पानी जमेका कारण मनिषाको मृत्यु भएको बताउनुभएको छ ।

गर्भवतीको उपचारमा अस्पतालबाट कुनै लापर्वाही नभएको डा खड्काको भनाइ छ । उहाँले मृतकका आफन्तले लगाएको आरोप अस्वीकार गर्नुभएको छ । उहाँका अनुसार अस्पतालका कारण नभई पानी पोका आफैँ फुटेर फोक्सोमा पानी गएकाले मनिषाको मृत्यु भएको हो ।

पाँच दिनदेखि मरेको बच्चा पेटमा

दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोशेरीकी नन्दकली विक (चाकुरी)का पेटमा पाँच दिनदेखि दुई बच्चा मृत अवस्थामा रहेका छन् ।

दैलेखको ठाँटीकाधमा जाँच गराउँदा डाक्टरले पेटमा रहेका बच्चाको मृत्यु भएको बताएपछि विक अस्पतालमै उपचारका लागि भर्ना हुनुभएको छ ।

वैशाख १७ गते दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उहाँका श्रीमान् हरि विक क्षेत्रीय अस्पताल सुर्खेतमा आउनुभएको हो ।

सुर्खेतको विरेन्द्रनगरमा १९ गते पुनः भिडियो एक्सरे गर्दा दुईवटै बच्चा मृत भएको जानकारी अस्पतालका डाक्टरले दिएको विकका श्रीमान् हरिले बताउनुभयो । अस्पतालले औषधि किनेर ल्याउनुस् मृत बच्चा निकाल्नुपर्छ भनेको र अहिलेसम्म पनि चाकुरीको शल्यक्रिया हुन नसकेको उहाँले बताउनुभयो । अस्पतालले भने अवस्था हेरेर शल्यक्रिया गरिने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिस्केट जात्राको पहिलो दिन मै  ढुङ्गा हानाहान
बिस्केट जात्राको पहिलो दिन मै ढुङ्गा हानाहान
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने
संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने
माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक
माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक
नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको छ : प्रधानमन्त्री
नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको छ : प्रधानमन्त्री
संसदमा बिधम्स मच्चाएपछि अन्ततः सत्ताबाट विदा हुन ट्रम्प तयार
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

तपाईंले छुटाउनुभयो कि?