आफै खनेको खाल्डोमा कानुनमन्त्री तामाङ, राजीनामा दिने तयारीमा
सारांश
- काठमाडौं, ९ साउन ।
- आफ्नै अभिव्यक्तिले गर्दा आलोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ राजीनामा दिने तयारीमा रहेका छन् ।
- उनले मंगलवार दिउँसो राजीनामा दिने बताइएको छ ।
काठमाडौं, ९ साउन । आफ्नै अभिव्यक्तिले गर्दा आलोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ राजीनामा दिने तयारीमा रहेका छन् । उनले मंगलवार दिउँसो राजीनामा दिने बताइएको छ ।
आलोचित भएपछि पार्टीभित्रैबाट उनलाई राजीनामा दिन दवाव मात्रै होइन नेकपाले निर्देशनै दिएको बताइएको छ । केही दिनअघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा बताएका थिए । उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि धावा बोलेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।
सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउनुपर्ने बताएका थिए । पार्टीमा पूर्वप्रधानमन्त्री माधव नेपाल निकट मानिने तामाङलाई राजीनामा गराउन नेता नेपाल आफैले चासो राखेको बताइएको छ । यस बाहेकका उनका अरु धेरै विषयहरुले गर्दा उनलाई राजीनामाका लागि निर्देशन दिएको बताइएको छ । मन्त्री तामाङले मंगलबार दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन बोलाउने तयारी गरेको बताइएको छ ।
Kirawa Arjun Mannupa
सम्पूर्ण नेपाली चेलीको अपमान गर्ने यो मानसिक सन्तुलन बिग्रेको नालायक नाम अपहरण गरिएको पार्टी नेकपाको मन्त्रीको जागीर जाने नै भो त ?
Rajendra Ghimire
प्रश्न ?
आगामी नेपाली समाज र शासनका लागी फेरी यिनलाई योग्य ठान्ने कि नठान्ने ?
Amrit Chhetri
tate lea matra hudaina vole arko jo pane bolna sakxa