धनगढीमा बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
धनगढीमा बम विस्फोट

सारांश

  • धनगढी,२२ वैशाख , कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ ।
  • सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।
  • यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा फेला परेको बम जस्तो शंकास्पद बस्तु (नक्कली बम) लाई नेपाली सेनाले आज ‘डिस्पोज‘ गरेको छ ।

धनगढी,२२ वैशाख , कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ ।

सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।

यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा फेला परेको बम जस्तो शंकास्पद बस्तु (नक्कली बम) लाई नेपाली सेनाले आज ‘डिस्पोज‘ गरेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि नगरबासीमा सन्त्रास फैलिएको छ ।

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको भनिएको बन्दका क्रममा यी घटना भएका हुन् ।
शुक्रबार साँझ धनगढीमा मसाल जुलुस प्रदर्शन गर्ने विप्लव नेतृत्वको माओवादी समर्थित मनु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बन्दका कारण यातायात, उद्योग व्यवसाय ठप्प रही जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    धने बाबु कुमाल

    ? gσσ∂? є∂ιтιиg☕ σf? уσυя? ρнσтσ? ❤ Shikhar? News

    ? CH BOTTERZ ? NEPALI-BOT,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?