अाज वैशाख २४ गते : कहाँ के के घटना घटे ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
अाज वैशाख २४ गते : कहाँ के के घटना घटे ?

सारांश

  • फरार प्रतिवादी पक्राउ  पर्सा,  पर्सा जिल्ला अदालतको २०५२ असार ७ गतेको फैसला अनुसार लुटपाट मुद्दामा १ हजार ३ सय ७८ रूपैयाँ जरीवाना भई फरार रहेका पर्सा वीरगंज महानगरपालिका(२० हरपतगंजका ५२ वर्षीय रामजी सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
  • सिंहलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
  • नगद चोरी  काठमाडौं नागार्जुन नगरपालिका(५ हरिसिद्धिस्थित संकटा हाउजिङमा रहेको नागार्जुन नगरपालिकाको कार्यालयबाट नगद ३ लाख रुपैयाँ गएराती चोरी भएको छ ।

फरार प्रतिवादी पक्राउ 
पर्सा, 
पर्सा जिल्ला अदालतको २०५२ असार ७ गतेको फैसला अनुसार लुटपाट मुद्दामा १ हजार ३ सय ७८ रूपैयाँ जरीवाना भई फरार रहेका पर्सा वीरगंज महानगरपालिका(२० हरपतगंजका ५२ वर्षीय रामजी सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सिंहलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नगद चोरी 
काठमाडौं
नागार्जुन नगरपालिका(५ हरिसिद्धिस्थित संकटा हाउजिङमा रहेको नागार्जुन नगरपालिकाको कार्यालयबाट नगद ३ लाख रुपैयाँ गएराती चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु तथा घाइते

बारा  सुवर्ण गाउँपालिका(८ पशुरामपुरमा ना‍‍।२ त १९१८ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने ईन्ताज देवानका २ वर्षीय छोरा कबिर देवानलाई सोमबार ठक्कर दिँदा घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहा  मिर्चैया नगरपालिका(२ पूर्व(पश्चिम राजमार्गमा बा।१६ प ५८७८ र ज।७ प ५७२ नम्बरका मोटरसाईकल सोमबार एकआपसमा ठक्कर खाई दुर्घट्ना हुँदा गम्भीर घाइते भएका ज।७ प ५७२ नम्बरको मोटरसाकल चालक सिराहा कर्जन्हा नगरपालिका(६ बडहरामाल बस्ने ३५ वर्षीय पप्पुकुमार साहको स्थानीय बिष्णु क्लिनिक मिर्चैयाबाट थप उपचारको लागि नोवेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बा।१६ प ५८७८ नम्बरको मोटरसाइकलका चालक धनकुटा छथरेजोरपाटी गाउँपालिका(२ बस्ने ४५ वर्षीय दिलबहादुर पिठामगर र दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
नबलपरासी पूर्व  गैंडाकोट नगरपालिका(२ गैंडाकोटस्थित पूर्व(पश्चिम राजमार्गमा सोमबार ना।७ ख ६४०२ नम्बरको ट्रकले ठेलालाई ठक्कर दिँदा गम्भीर घाइते भएका ठेला चालक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका(१५ अमरापुरी बस्ने ३२ वर्षीय धनबहादुर मगरको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख  गुराँस गाउँपालिका(४ जिरोप्वाइन्टमा भे।१ ज ७८० नम्बरको जिप मोड्ने क्रममा सोमबार भित्तामा ठोक्किन गई दुर्घटना हुँदा कालिकोट कालिका गाउँपालिका(५ बस्ने ४८ वर्षीय बिष्णुप्रसाद आचार्य समेत ९ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका २ जनालाई उपचारको लागि सुर्खेततर्फ पठाइएको छ भने अन्य ७ जना सामान्य घाइतेको माथिल्लो डुङ्गेश्वर स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 ढुंगा खसेर लाग्दा मृत्यु 
बझाङ
तलकोट गाउँपालिका(३ ताङलाकोट सडकखण्डको रुमाली खोलास्थित सडकमा काम गर्ने क्रममा स्वछन्द नागार्जुन बानिया निर्माण सवा अन्तर्गत काम गर्ने सव(ईन्जिनियर सिन्धुली तिनपाता गाउँपालिका २४ वर्षीय नारायण दाहालको सोमबार सडक माथिबाट ढुंगा खसेर लाग्दा घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 घरायसी विवादमा धकेल्दा लडेर मृत्यु 
भोजपुर,
आफ्नै नातामा नन्दज्वाइँ पर्ने ५० वर्षीय प्रमेश राईले घरायसी विवादको कारण घकेल्दा ढुङ्गामा लडेर टाउकोमा चोट लागेर घाइते भएकी ट्याम्केमैयुम गाउँपालिका(२ बस्ने ५० वर्षीया विज्ञकुमारी राईको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
मृत अबस्थामा फेला 
काठमाडौं,
मकवानपु  भिमफेदी गाउँपालिका(२ झ्यालटारस्थित राप्ती खोलाको किनारमा हेटौँडा उपमहानगरपालिका(१२ पदमपोखरी सिक्रेनी बस्ने ४६ वर्षीय हरि मोक्तान सोमबार मृत अबस्थामा फेला परेका छन् ।
बारा  सिम्रौनगढ नगरपालिका(६ स्थित जंगल छेउमा सोही स्थान बस्ने विलाश सरभङको ८ वर्षीय छोरा शिवसुन्दर सरभङको सडिगलेको अवस्थामा सोमबार शव फेला परेको छ ।
झापा  बिर्तामोड नगरपालिका(७ स्थित बुधबारे हटियाको गोस लाइनमा हाल नाम, थर, वतन नखुलेका करीव ५५ वर्षीय मागी खाई हिँड्ने पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानिय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
आगलागीबाट धनमाल क्षति 

रामेछाप  खाँडादेबी गाउँपालिका(४ मानेमुहानस्थित कृष्णबहादुर कार्कीको टहरामा रहेको मिल मर्मत गर्ने क्रममा सोमबार करेन्ट सर्ट भई पसल र मिलमा आगलागी हुँदा नगद ७ लाख, घर, किराना पसलका सामान, मेसिनरी सामानहरु तथा सुनका गर(गहना समेत जलेर करीब ९२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगलागीबाट रामेछाप मन्थली नगरपालिका(६ बस्ने ४० वर्षीय गोरीमाया माझी र मिल मर्मत गर्न आएका मिस्त्री भारत सितामणीका ३६ वर्षीय मोहन सिहं जलेर घाइते भएकाले उपचारको लागि तामाकोशी सहकारी अस्पताल पठाइएको छ ।
स‌खुवासभा  चैनपुर नगरपालिका(१० खराङस्थित रुद्रबहादुर कटुवालले रेखदेख गर्दै आएको दुर्गाप्रसाद काफ्लेको फुसको छानो भएको घरमा कटुवालले खाना पकाउने क्रममा सोमबार आगलागी हुँदा नगद, अन्नपात, लत्ता(कपाडा जलेर करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
दमकल र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ 
काठमाडौं, २४ बैशाख
काठमाडौं महानगरपालिका–१७ बालाजु बस्ने १७ वर्षीय बिश्व सेनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट १ हजार ५ सय थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ चेकप्वाइन्टमा पोखराबाट काठमाडौं आउँदै गरेको बा।१६ च २२०३ नम्बरको गाडी जाँच गर्ने क्रममा सेनले झोलामा लुकाईछिपाई ल्याएको उक्त लागूऔषध फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट नुवाकोट बिदुर नगरपालिका–१३ कल्याणपुरका २४ वर्षीय धनबहादुर तामाङलाई करीब १ केजी चरेश जस्तो देखिने लागूऔषधसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर  भक्तपुर ब्यासी बस्ने १८ वर्षीय थुनिस बासुकला र भक्तपुर उपमहानगरपालिका–१० महालक्ष्मीस्थान बस्ने १८ वर्षीय मुकेश गोपीलाई लागूऔषध चरेश ३ ग्रामसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी र चोरी सम्बन्धी मुद्धाको महानगरीय प्रहरी परिसर भक्तपुरमा रहेका थुनुवा सुजन हेङगजुलाई भेट्न आएका थुनिस र मुकेशलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट उक्त लागूऔषध बरामद भएको हो ।
ललितपुर  ललितपुर महानगरपालिका लगनखेल चोकबाट काठमाडौं डल्लु बस्ने २४ वर्षीय सविन शाहीलाई १० ग्राम लागूऔषध चरेश, नाइट्रोभेट क्याप्सुल १० थान, नगद १४ हजार ८ सय ४६ नेपाली रुपैयाँ, ३ सय १० भारतीय रुपैयाँ र मोबाईल १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाघको छाला सहित पक्राउ 
मकवानपुर, २४ बैशाख
बाग्मती गाउँपालिका–३ जरायोटार बस्ने २७ वर्षीय चेतबहादुर वाईबालाई बाघको छाला १ थान र बाघको हड्डी करीब ९ केजीसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिकाको लम्कना भन्ने स्थानमा पैदल हिंडिरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गोली प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ 
सिराहा, २४ बैशाख
अर्नामा गाउँपालिका–१ बुढियाचाँपमा बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार सिंहको आइतबार गोली प्रहारबाट मृत्यु भएको छ । ना।१३ प ६३२३ नम्बरको मोटरसाईकलमा मादक पदार्थ सेवन गरी आएका औरही गाउँपालिका–१ बस्ने २५ वर्षीय सन्तोषकुमार सिंह, ३० वर्षीय रबिनकुमार सिंह र २७ वर्षीय मनिश शर्माले गोली प्रहार गर्दा गम्भीर घाइते भएका सिंहको रा।उ। स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न मोटरसाइकल चालक सन्तोषकुमार सिंहलाई उक्त नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरी निजले सोही ठाउँस्थित खेतमा लुकाईछिपाई राखेको २ थान कटुवा पेस्तोल र ५ राउण्ड गोली फेला पारी बरामद गरेको छ । साथै हतियार लुकाउन सहयोग गर्ने सोही ठाउँ बस्ने बिजयकुमार कामतलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
अन्य फरार अभियुक्तहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भारतीय तथा नेपाली नगद सहित पक्राउ 
कैलाली, २४ बैशाख
धनगढी उपमहानगरपालिका–२ साथी होटलस्थित सुजन दाहालले संचालन गरेको क्यासिनो क्लबबाट मलेसियन नागरिक मोहम्मद अजबमोद्धिनलाई नगद १२ लाख नेपाली रुपैयाँ र २ लाख भारतीय रुपैयाँ तथा निज सुजन दाहाललाई नगद १० लाख नेपाली रुपैयाँ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 विभिन्न धनमाल चोरी 
काठमाडौं, २४ बैशाख
काठमाडौं महानगरपालिका–३१ मिलनचोक मार्गस्थित दिनेश त्रिपाठीको घरबाट आइतबार कोही नभएको अबस्थामा नगद १ लाख नेपाली रुपैयाँ, अमेरिकी डलर १ हजार र सुनका विभिन्न गहना समेत गरी करीब ४ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी काठमाडौं चन्द्रगिरी नगरपालिका–१३ नयाँनैकाप बस्ने ३० वर्षीया संगीता काफ्लेको घरबाट आइतबार ३ लाख ७५ हजार रुपैयाँ बराबरको सुनका गहना चोरी भएको छ ।
भक्तपुर स् चागुँनारायण नगरपालिका–२ स्थित बालुवाखानी झौखेल बस्ने ४० वर्षीय सञ्जय कार्कीको घरबाट आइतबार कोही नभएको अवस्थामा नगद ३ लाख २० हजार र सुनका विभिन्न गहना समेत गरी करीब ४ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ दुवाकोट फक्सिनटार बस्ने चित्रबहादुर थापाको घरबाट आइतबार नगद ३० हजार र सुनका गहना गरी करीब १ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु तथा घाइते 
काठमाडौं, २४ बैशाख
महोत्तरी . औरही नगरपालिका–८ टिमकियास्थित सडकमा ना।४ ख ५६४७ नम्बरको बसबाट आइतबार खस्न गई गम्भीर घाइते भएका सोही बसका सहचालक एकडरा बहेडा बस्ने ४० वर्षीय श्याम मण्डलको उपचारको लागि जानकी हेल्थकेयर जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जा  पुतलीबजार नगरपालिका–३ बाडखोलामा ग।११ प ४४०५ नम्बरको मोटरसाइकलले आइतबार ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री २४ वर्षीया खुमा आलेको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक माछापुछ्रे गाउँपालिका–३ बस्ने ३४ वर्षीय अमृत केसी घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।
नबलपरासी (बर्दघाट सुस्ता पश्चिम)  प्रतापपुर गाउँपालिका–२ सोनबर्षामा आदर्श पब्लिक बोर्डिङ स्कुल समेरीको नर्सरीमा अध्ययनरत सोही ठाउँ बस्ने राजु यादवको ४ वर्षीय छोरा रितेश यादवको सोही स्कुलको ना।१ क ६९३० नम्बरको बसबाट ओर्लने क्रममा सोही गाडीले कुल्चिदा आइतबार घट्नास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 रुखले किचेर मृत्यु 
चितवन,
भरतपुर महानगरपालिका–१ रामनगरस्थित सतनचुली सामुदायिक बनमा सोही ठाउँ बस्ने सितली श्रेष्ठ घाँस दाउरा काट्न गएको अवस्थामा हावाहुरी चलेर रुख ढली किच्दा आइतबार घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी चितवन ईच्छाकामना गाउँपालिका–७ चिसापानीमा काठ कटानको लागि टेण्ट टाँगी बसिरहेको अवस्थामा आइतबार हावाहुरी चलेर रुख ढल्न गई सोही ठाउँ बस्ने ४१ वर्षीय कर्णबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गोरुगाडाबाट लडेर मृत्यु 
उदयपुर, २४ बैशाख
बेलका नगरपालिका–२ करैया बेलका जनशक्ति जंगलबाट गोरुगाडामा दाउरा लोड गरी ल्याउने क्रममा आइतबार गोरु गाडाबाट लड्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने बेचन चौधरीको स्थानिय अस्पताल पुरन्दहतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 मृत अवस्थामा फेला 
ललितपुर
ललितपुर महानगरपालिका–३ बखुन्डोल फेन्ड्स कोलोनी डेरा गरी बस्ने यूएन हाउस हरिहर भवनमा कार्यरत इथोपियाकी नागरिक ५२ वर्षीया तिरसित एसेस्सा अमोगेस सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु तथा बेपत्ता 
काठमाडौं
बर्दिया स् गुलेरिया नगरपालिका–५ बलापुरस्थित बबई नदीमा नुहाउने क्रममा आइतबार डुबेर गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने चन्द्रबहादुर चौधरीकी १० वर्षीया छोरी बिपना थारुको उपचारको लागि जिल्ला अस्पताल गुलरीय लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
खोटाङ स् बारापोखरी गाउँपालिका–२ धाप्लाङस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुबन श्रेष्ठ र १० वर्षीय सबिन माझी तथा सोही ठाउँ बस्ने धुब्र माझिको ११ वर्षीया छोरी अनिता बगाई बेपत्ता भएका छन् ।
उनीहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 चट्याङमा परी मृत्यु 
मकवानपुर
आफ्नै घरमा सुतिरहेको अवस्थामा आइतबार चट्याङ लाग्दा गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी बस्ने कृष्णबहादुर बलामीको जिल्ला अस्पाताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी मकवानपुर मनहरी गाउँपालिका–२ झुलीयाङ बस्ने ३५ वर्षीय भिमलाल सिङतान र उनकी ३ वर्षीया छोरी बिमला सिङतान आफ्नै घरमा बसिरहेको अवस्थामा आइतबार चट्याङ लाग्दा गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु 
कैलाली
जानकी गाउँपालिका–४ मुनुवास्थित कुलरिया खोलामा करेण्ट लगाई माछा मार्ने क्रममा आइतबार सोही ठाउँ बस्ने ४० वर्षीय नन्दराम रानाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट धनमाल क्षति 
काठमाडौं,
चन्द्रगिरी नगरपालिका–१ सृजना चोकस्थित अमर बस्ती बस्ने ४९ वर्षीय राजु गिरीको गोलभेडा खेती नजिकै टहरामा आइतबार खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?