कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास गर्न १८ महिना लाग्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी, ७ साउन ।
  • विश्वभर कोरोना भाइरसको खोप विकास गर्ने दौड चलिरहेको छ ।
  • खोप विकासबारे विभिन्न अनुमानहरु भइरहेका छन् ।

एजेन्सी, ७ साउन । विश्वभर कोरोना भाइरसको खोप विकास गर्ने दौड चलिरहेको छ । खोप विकासबारे विभिन्न अनुमानहरु भइरहेका छन् । केही महिनाभित्रै खोप उत्पादनको विषय आएको छ । तर, खोप बनाउन सजिलो छैन । यसको प्रभावकारिताबारे समेत प्रश्न उठ्छ ।

कोरोना खोप विकास गर्न कम्तिमा १८ महिना लाग्ने रुसी संघीय चिकित्सा जैविक एजेन्सीको संक्रामक रोगहरुका प्रमुख विशेषज्ञ भ्लादिमिर निकोफोरोभले मंगलबार सार्वजनिक गरेका हुन् । संक्रमित मानिसका लागी सुरक्षित र प्रभावकारी खोपको निर्माण गर्न १८ महिना लाग्ने उनले बताएका छन् ।

यस भयानक रोगको नियन्त्रण गर्न दूई वटा मात्र विकल्प रहेको उनले जानकारी दिए । पहिलो यसलाई मौसमी इन्फ्लूएन्जाको रुपमा हेर्न सकिन्छ जुन मौसम परिवर्तन हुना साथ स्वतः गायब हुने वा दास्रो मानिसले आफ्नो क्षमता अुनसार यसलाई परास्त गर्न सफल भए संक्रमण देखा पर्दैन । रुसले खोप विकासलाई तीव्रता दिएको छ । जाडो याममा कोरोना भाइरसको भयावह अवस्थामा केही सुधार हुने आँकलन समेत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?