शिल्पी थिएटर बत्तीसपुतलीमा “तीन बहिनी”
सारांश
- काठमाडौं, २७ बैशाख ।
- शिल्पी थिएटर बत्तीसपुतलीमा “तीन बहिनी” नाटक नियमितरुपमा मञ्चन भइरहेको छ ।
- आन्तोन चेखवको प्रसिद्ध नाटक “थ्री सिस्टर्स”को नेपाली रुपान्तरण “तीन बहिनी”लाई शिल्पी थिएटरले नियमित मञ्चन गर्न थालेको हो ।
काठमाडौं, २७ बैशाख । शिल्पी थिएटर बत्तीसपुतलीमा “तीन बहिनी” नाटक नियमितरुपमा मञ्चन भइरहेको छ । आन्तोन चेखवको प्रसिद्ध नाटक “थ्री सिस्टर्स”को नेपाली रुपान्तरण “तीन बहिनी”लाई शिल्पी थिएटरले नियमित मञ्चन गर्न थालेको हो ।
शिल्पी थिएटरले उक्त नाटक हेर्नका लागि हार्दिक निम्तो पनि गरेको छ । “थ्री सिस्टर्स”को नेपाली अनुवाद मेघराज अधिकारीले गरेका हुन् । शिल्पीका घिमिरे युवराजका अनुसार यसको परिकल्पना तथा निर्देशन घनश्याम श्रेष्ठले गरेका छन् ।
तीन बहिनीको मञ्चन बैशाख २१ गतेदेखि जेठ १२ गतेसम्म साँझ ५.३० बजेदेखि नियमित मञ्चन भइरहेको छ । शनिबार १ बजे अतिरिक्त शो र मंगलबार भने बिदा हुने बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया