ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
१९ पटक हेरिएको
Shares
ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने

सारांश

  • २ पुस, काठमाडौं ।
  • नयाँ सरकार गठन प्रक्रियामा विवाद बढिरहेका बेला वाम गठबन्धनले आइतबार आधिकारिक धारणा सार्वजनिक गर्दैछ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागेका हुन् ।

२ पुस, काठमाडौं । नयाँ सरकार गठन प्रक्रियामा विवाद बढिरहेका बेला वाम गठबन्धनले आइतबार आधिकारिक धारणा सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागेका हुन् ।

समसामयीक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्न दिउँसो तीन बजे अन्नपूर्ण होटलको कुमारी हलमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

पत्रकार सम्मेलनमार्फत् ओली र प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा साथ दिनेहरुप्रति धन्यवाद ज्ञापन गर्ने कार्यक्रमसमेत छ ।

कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडानमा छ भने एमाले र माओवादीले बहुमतीय प्रक्रियामा जोड दिएका छन् ।

दलहरुबीच राजनीतिक सहमति नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश स्वीकृत गरेकी छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
समानुपातिक उम्मेदवार छनोटमा दलहरुको मनपरी : गल्ती खोज्दै आयोग
समानुपातिक उम्मेदवार छनोटमा दलहरुको मनपरी : गल्ती खोज्दै आयोग
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो नीतिको बचाउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो नीतिको बचाउ
स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।
स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।
अग्नि नियन्त्रण दमकल केन्द्र स्थापना
अग्नि नियन्त्रण दमकल केन्द्र स्थापना
अनिल र ऐश्वर्यलाई नराम्रो झट्का
अनिल र ऐश्वर्यलाई नराम्रो झट्का
भोलीदेखि इन्टरनेटको मुल्य बढ्ने
भोलीदेखि इन्टरनेटको मुल्य बढ्ने
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा  रोल्पा सदरमुकाम तनावग्रस्त…
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा रोल्पा सदरमुकाम तनावग्रस्त…
अन्धाधुन्दा गोली चलाउने सैनिक अधिकृत मारिए
अन्धाधुन्दा गोली चलाउने सैनिक अधिकृत मारिए

तपाईंले छुटाउनुभयो कि?