शिल्पी थिएटर बत्तीसपुतलीमा “तीन बहिनी”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
शिल्पी थिएटर बत्तीसपुतलीमा “तीन बहिनी”

सारांश

  • काठमाडौं, २७ बैशाख ।
  • शिल्पी थिएटर बत्तीसपुतलीमा “तीन बहिनी” नाटक नियमितरुपमा मञ्चन भइरहेको छ ।
  • आन्तोन चेखवको प्रसिद्ध नाटक “थ्री सिस्टर्स”को नेपाली रुपान्तरण “तीन बहिनी”लाई शिल्पी थिएटरले नियमित मञ्चन गर्न थालेको हो ।

काठमाडौं, २७ बैशाख । शिल्पी थिएटर बत्तीसपुतलीमा “तीन बहिनी” नाटक नियमितरुपमा मञ्चन भइरहेको छ । आन्तोन चेखवको प्रसिद्ध नाटक “थ्री सिस्टर्स”को नेपाली रुपान्तरण “तीन बहिनी”लाई शिल्पी थिएटरले नियमित मञ्चन गर्न थालेको हो ।

शिल्पी थिएटरले उक्त नाटक हेर्नका लागि हार्दिक निम्तो पनि गरेको छ । “थ्री सिस्टर्स”को नेपाली अनुवाद मेघराज अधिकारीले गरेका हुन् । शिल्पीका घिमिरे युवराजका अनुसार यसको परिकल्पना तथा निर्देशन घनश्याम श्रेष्ठले गरेका छन् ।

तीन बहिनीको मञ्चन बैशाख २१ गतेदेखि जेठ १२ गतेसम्म साँझ ५.३० बजेदेखि नियमित मञ्चन भइरहेको छ । शनिबार १ बजे अतिरिक्त शो र मंगलबार भने बिदा हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?