इथियोपियन एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउने नेपाली
सारांश
- केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ।
- आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु भएको हो।
- इजिप्टका लागि नेपाली राजदूत छविन्द्र अर्यालले दुर्घटनामा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०, इथियोपियामा कार्यरत नेपाली नागरिक एकता अधिकारी परेको जानकारी राति अबेर परराष्ट्र मन्त्रालयमा जानकारी गराएको पराराष्ट्रका एक अधिकारीले अन्नपूर्णलाई जानकारी दिए।
केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु भएको हो।
इजिप्टका लागि नेपाली राजदूत छविन्द्र अर्यालले दुर्घटनामा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०, इथियोपियामा कार्यरत नेपाली नागरिक एकता अधिकारी परेको जानकारी राति अबेर परराष्ट्र मन्त्रालयमा जानकारी गराएको पराराष्ट्रका एक अधिकारीले अन्नपूर्णलाई जानकारी दिए।
यसबारे विस्तृत बुझ्ने काम भइरहेको ती अधिकारीले बताए। एब्लुएफपी इथियोपियाका कन्ट्री डाइरेक्टर स्टेभेन वेर ओमामोले अर्याललाई आफ्ना कर्मचारी एकता अधिकारी दुर्घटनामा परेको र त्यसबारे उनका परिवारका सदस्यलाई पनि जानकारी गराइसकेको बताएको ती अधिकारीले उल्लेख गरे।
विमान दुर्घटनाबारे ट्विट गर्दै इथियोपियन एअरलाइन्सले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएका उल्लेख गर्दै त्यसमा एक नेपाली नागरिक पनि परेको जनाएको थियो।
केन्याको नैरोबीका लागि उडेको उक्त जहाज इथियोपियाको बिसोफ्टुमा दुर्घटनामा परेको हो।
इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया