उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए

सारांश

  • दाङ, ३० बैशाख ।
  • गायन तथा नृत्य प्रतिभाहरुको खोजी अभियानको रुपमा विगत पाँचवर्षदेखि सञ्चालन भइरहेको हिरो अफ भ्वाइस तथा उत्सर्ग डान्सिङ स्टारको पाँचौ श्रृङ्खलाको शनिबार घोराहीमा शुभारम्भ गरियो ।
  • कार्यक्रमका प्रमुख अतिथि गायक, संगीतकार एवं संस्कृतिविद् डा.

दाङ, ३० बैशाख । गायन तथा नृत्य प्रतिभाहरुको खोजी अभियानको रुपमा विगत पाँचवर्षदेखि सञ्चालन भइरहेको हिरो अफ भ्वाइस तथा उत्सर्ग डान्सिङ स्टारको पाँचौ श्रृङ्खलाको शनिबार घोराहीमा शुभारम्भ गरियो ।

कार्यक्रमका प्रमुख अतिथि गायक, संगीतकार एवं संस्कृतिविद् डा.गोविन्द आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकी, कार्यक्रम निर्देशक केएल पीडित, पूर्व उत्सर्ग स्टार एवं मोडलद्वय समीक्षा पौडेल र सुप्रिया पाण्डेय र अभिनेता ज्वाला खतिवडाले संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।

कार्यक्रमका अतिथिहरुले यस अभियानले कलाक्षेत्रका नवप्रतिभाहरुको विकासमा उल्लेख्य योगदान पु¥याएको चर्चा गर्दै कला, संस्कृतिको विकास एवं प्रवद्र्धनमा सबैले उचित ध्यान दिनु पर्ने बताएका थिए । कार्यक्रम निर्देशक केएल पीडितको अध्यक्षतामा भएको शुभारम्भ भएको कार्यक्रममा ऋचा बुढाथोकीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण नृत्य प्रशिक्षक एवं मोडल अञ्जु बस्नेतले गरेकी थिइन् । कार्यक्रममा पूर्व उत्सर्ग स्टारद्वय समीक्षा पौडेल र सुप्रिया पाण्डेयलाई सम्मान गरिएको थियो । लिटिल मिस दाङ २०१८ की विजेता आयुष्मा खड्का र मोडल करिना डाँगीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको शुभारम्भसँगै गायन तथा नृत्यको अडिसन लिइएको थियो । अडिसनमा १ सय ७० जना कलाकारहरुले भाग लिएका थिए । जसमध्ये मेगा राउण्डका लागि १ सय ३३ जना छनौट भएका छन् । गायन प्रतियोगिताको निर्णायकमा शालिकराम चौधरी र माधव चौधरी रहेका थिए भने नृत्य प्रतियोगिताको निर्णायकमा सरोज रेग्मी र ममता चौधरी रहेका थिए ।

गायन प्रतियोगिता हिरो अफ भ्वाइसको मेगा राउण्डका लागि ४० जना छानिएका छन् । छानिनेहरुमा सन्तोष सुनार, किरण विक, सरला बस्नेत, सुशीलाकुमारी ठाकुर, हेमन्त भण्डारी, रञ्जित परियार, प्रमेश पाण्डे, हुर्मत पुन, अनिता सापकोटा, विजय पुनमगर, आयुष्मा रावत, निता घर्तीमगर, सन्ध्या रानामगर, गमी बाँठामगर, निशान रोकामगर, सारह नेपाली, राधिका पुनमगर, लिलासरी रोकामगर, सीता खड्का, श्रेया गुप्ता, प्रज्वल शमशेर थापा, अनुशा भुसाल, जान्वी बिष्ट, पूर्णिमा घर्तीमगर, शालिकराम रोकामगर, पार्वता घर्तीमगर, शिवु सुनार, भूमिका वली, विहानी शर्मा, प्रकृति विक, सपना सुनार, केशव हमाल, वर्षा खत्री, एलिशा चौधरी (बि) करण विक, पदम पोख्रेल, देविका केसी, पुष्पा अधिकारी, शिशिर वली, विशाल रोका रहेका छन् ।

त्यसैगरी नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टारको मेगा राउण्डका लागि ९३ जना छानिएका छन् । छानिनेहरुमा रोनिशा पाण्डे, रोशिका हमाल, विधि आचार्य, अपेक्षा भुसाल, युनिसा केसी, निलम राई, बिना घर्तीमगर, मीना घर्तीमगर, सिन्धु मल्ल, कमला सुनार, अस्मिता सुनार, प्रिया रोका, रोजिला वली, शर्मिला डाँगी, मन्दिरा तामाङ, हेमन्त बुढाथोकी, प्रनिशा तामाङ, आकृति चौधरी, विशाल पाण्डे, मनोज गहतराज, सुषमा नेपाली, सोनिया पुनमगर, .निरुता घर्तीमगर, गरिमा घर्तीमगर, करण शेर्पाइली, आकृति ज्ञवाली, साक्षी घर्तीमगर, मोनिका बुढा, चाँदनी घर्तीमगर, विजया पुनमगर, सबिना बुढामगर छानिएका छन् । त्यसैगरी विजया रिमाल, बबिता बिसी, रबिना बस्नेत, बन्दना न्यौपाने, सपना सुनार, कमला नेपाली, माया बस्नेत, अनुष्का धिताल, आयुष्मा पौडेल, वर्षा हमाल, सम्झना केसी, नमी केसी, अञ्जली बस्नेत, अमिसा घर्ती, सिर्जना घर्ती, संगीता सुनार, रेनान्सा गुरुङ, अनिस डिसी, एलिशा नेपाली (बि.), एलिशा नेपाली (सी), इमान बुढामगर, सविता रोका, हिरा आचार्य, वर्षा पासवान, निला केसी, रेनुका गिरी, पूजा बुढामगर, अस्मिता चौधरी र ममता आचार्य छानिएका छन् । छानिनेहरुमा स्वस्तिका परियार, साइन जीएम, करुणा जीएम, सिमाना सुनार, भावना सुनार, शिला बीसी, रमिला चौधरी, सुशान्त रेग्मी, स्नेहा चौधरी, हेमराज बिक, स्मारिका बुढामगर, प्रकृति बिक, खुशी बोहरा, सुमित्रा पुन, आदित्य विक, अनमिका पोख्रेल, बिन्दू रसाइली, समीक्षा वली, सिर्जना सेजवाल, शिरीष पुन मगर, दीपा न्यौपाने, एञ्जिला चौधरी, प्रिन्स बिक, आयुश्री बीएम, निशा मरासिनी, कविता अधिकारी, सुरज बिक, सुरती चन्द, सक्षम डाँगी, शिखा रेग्मी, भविष्का केसी, सामना शर्मा, सिर्जना घर्ती क्षेत्री र सुधा जीएम पनि रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?