‘ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरे’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
‘ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरे’

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् ।
  • बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र एकीकृत समाजवादीको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।
  • उनले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र एकीकृत समाजवादीको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

उनले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाए । उनले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताए ।

अध्यक्ष नेपालले आफूलाई इमान्दारीता र निष्‍ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए । अध्यक्ष नेपालले एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने बताए । उनले सबै महानगर र उपमहानगरमा उठ्नेहरूलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए ।

(www.newportworldresorts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगल पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ
पोर्चुगल पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ
दैनिक कति पानी पिउने र कसरी पिउने ?
दैनिक कति पानी पिउने र कसरी पिउने ?
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?
३३ किलो सुन प्रकरण: कुरा पुग्यो पूर्वगृहमन्त्रीसम्म
३३ किलो सुन प्रकरण: कुरा पुग्यो पूर्वगृहमन्त्रीसम्म
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्री पाेखरेलको आह्वान !
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै
रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
विश्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोप्रति खेद प्रकट
विश्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोप्रति खेद प्रकट

तपाईंले छुटाउनुभयो कि?