पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
१७ पटक हेरिएको
Shares
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो

सारांश

  • १८ असार, काठमाडौं ।
  • नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ ।
  • निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो ।

१८ असार, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ ।

निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ।

यसअघि १०० रुपैयाँ प्रतिलिटरको पेट्रोलमा २ रुपैयाँ मूल्य घटाइएको जानकारी दिए ।

यस्तै डिजेल र मट्टितेल लिटरमा २/२ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँमा पाइन्थ्यो ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि घटाइएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । यसअघि ८६ रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अब ८४ रुपैयाँ हुनेछ । अब हवाइ भाडा समायोजन पनि हुनेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?