कार्गो जहाज भेटियो, फोर्स ल्यान्डिङ गरिएको

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २ जेठ- आज बिहान साढे दुई घण्टादेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज पहाडी जिल्ला बाजुरामा भेटिएको छ ।
  •  सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज सम्पर्कविहीन भएको थियो ।
  • नाइनएन एजेयु कल साइन भएको उक्त जहाज कर्णाली नदीको किनारमा फोर्स ल्यान्डिङ गरिएको छ ।

काठमाडौं, २ जेठ- आज बिहान साढे दुई घण्टादेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज पहाडी जिल्ला बाजुरामा भेटिएको छ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज सम्पर्कविहीन भएको थियो ।

नाइनएन एजेयु कल साइन भएको उक्त जहाज कर्णाली नदीको किनारमा फोर्स ल्यान्डिङ गरिएको छ ।

जहाजलाई आपतकालीन ल्यान्डिङ गरिएको बताइएको छ । जहाजमा आएको खराबीबारे भने जानकारी आएको छैन ।

फोर्स ल्यान्डिङ गरिएको क्षेत्र बाजुरा जिल्ला पट्टी रहेको त्रिभुवन विमानस्थलका प्रवक्ताले बताएका छन् । सो जहाजका चालक दलका सदस्य दुवैजना सकुशल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?