बलिउडकाे सबैभन्दा ठूलाे एक्शन फिल्म, यी हुन् कलाकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बलिउडकाे सबैभन्दा ठूलाे एक्शन फिल्म, यी हुन् कलाकार

सारांश

  • बलिउडकाे अहिले सम्म कै सबैभन्दा महंगाे एक्शन फिल्ममा हृतिक राेशन र टाइगर श्रफ दखिने भएका छन् ।
  • फिल्म यशराज फिल्मस ब्यानरमा बन्न लागेकाे हाे ।
  • यहि वर्षकाे सितम्बर देखि फ्लाेरमा जाने उक्त फिल्म २०१९ काे अगस्त २ मा रिलिज हुनेछ ।
बलिउडकाे अहिले सम्म कै सबैभन्दा महंगाे एक्शन फिल्ममा हृतिक राेशन र टाइगर श्रफ दखिने भएका छन् । फिल्म यशराज फिल्मस ब्यानरमा बन्न लागेकाे हाे । यहि वर्षकाे सितम्बर देखि फ्लाेरमा जाने उक्त फिल्म २०१९ काे अगस्त २ मा रिलिज हुनेछ । फिल्मकाे नाम अझै सार्वजनिक गरिएकाे छैन ।
याे फिल्ममा एक्शनलाई निकै प्राथमिकता दिइएकाे छ । यसकै लागि अन्तर्राष्ट्रिय काेरियाेग्राफरहरु अाउने भएका छन् । एंडी अार अार्म्सटंग र मिस्टर अाेहले फिल्मकाे एक्शन पक्ष हेर्नेछन् । दुवै एक्शनका लागि विश्वमै प्रख्यात व्यक्तित्व हुन् । एंडी हलिउडमा धेरै हिट फिल्मकाे एक्शन निर्देशन गरेका अनुभवी निर्देशक हुन् भने अाेह पनि दक्षिण काेरियाका उत्कृष्ट निर्देशक हुन् ।
फिल्म ६ देशका चर्चित १४ शहरहरुमा शुटिङ हुँदैछ । फिल्मकाे ब्यानर र कलाकार दुवै हेरेर थाहा हुन्छ कि फिल्म कुन स्तरकाे हुनेछ । यस्ताेमा एक्शन फिल्म मन पराउने दर्शकका लागि याे राम्राे खुराक हुन सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?