असार २५ गते सम्ममा कर तिर्न सरकारको अनुरोध

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २, २०७८
|
|
२२ पटक हेरिएको
Shares
असार २५ गते सम्ममा कर तिर्न सरकारको अनुरोध

सारांश

  • सरकारले कर तिर्ने समय असार २५ गतेसम्मलाई तोकेको छ ।
  • २५ गतेसम्ममा कर तिर्न आग्रह गर्दै आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेको हो ।
  • सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

सरकारले कर तिर्ने समय असार २५ गतेसम्मलाई तोकेको छ । २५ गतेसम्ममा कर तिर्न आग्रह गर्दै आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेको हो ।

सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

२०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागले जनाएको छ ।                       विभागका अनुसार २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण, अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको छ ।

(https://hopeclinical.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?