नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )

सारांश

  • काठमाडौँ, ५ जेठ।
  • नव गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन गर्ने नामावलि तयार पारेकाे छ ।
  • रिक्त केन्द्रिय सदस्यमा विगत, योगदान, योग्यता एवं क्षमताको विश्लेषण गर्दै नाम तय गरिएको  स्राेतले बताएकाे छ ।

काठमाडौँ, ५ जेठ। नव गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन गर्ने नामावलि तयार पारेकाे छ ।

रिक्त केन्द्रिय सदस्यमा विगत, योगदान, योग्यता एवं क्षमताको विश्लेषण गर्दै नाम तय गरिएको  स्राेतले बताएकाे छ ।

प्रतिनिधिसभा भक्तपुर  क्षेत्र नं २ का संसद तथा तत्कालीन युवासंघकाे नेतृत्व सम्हाली सकेका महेश बस्नेत पनि थपिने केन्द्रीय सदस्यकाे सुचिमा छन । बस्नेतले यसअघि उद्याेग मन्त्रालयमा राम्राे काम गरेर चर्चा कमार्इसकेका छन ।

त्यस्तै थपिने केन्द्रीय सदस्यमा तत्कालिन बाम गठबन्धनकाे सरकारका हालका सुचना तथा सञ्चार राज्यमन्त्री गाेकुल वास्काेटा,  कास्कि बाट खगराज अधिककारी र राजिब पहारि पनि मनाेनयनकाे सुचिमा छन ।

झापाका दीपक कार्की, पाँचथरका बसन्त नेम्वाङ ,  संखुवासभाका राजेन्द्र गौतम, मोरङका विनोद ढकाल र घनश्याम खतिवडा तथा तराई मधेशमा स्थानीय जनप्रतिनिधिका रुपमा विजय भएका  गणेश प्रसाई र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट पनि केन्द्रीय सदस्यको सम्भावित सूचिमा परेका छन् ।

त्यस्तै, पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, रामेछापका कैलाश ढुंगेल, चितवनका देवी ज्ञवाली र जेएन थपलिया, मकवानपुरका रामेश्वर राना, उपत्यकाका रामेश्वर फुँयालपनि केन्द्रीय सदस्यको सूचीमा अटाएका बताइएकाे छ ।

सूचिमा नुवाकोटका केशव पाण्डे, धादिका जगन्नाथ नेपाल, मुगुका गोपाल बम, तनहुँका टुकराज सिग्देल, कास्कीका  कृष्ण थापा, वाग्लुङका  हिरा केसी, स्याङ्जाका  किशोरविक्रम मल्ल र सोभियत ढकाल, बुटवलका नेत्र पन्थी, कपिलवस्तुका बलराम अधिकारी, दाङका नरुलाल चौधरी, युवासंघका पूर्व महासचिव निरज आचार्य, सुर्खेतका मोहनमाया ढकाल, बैतडीका दामोदर भण्डारी, कञ्चनपुरका राजेन्द्रसिंह रावल, कैलालीका नारदमूनी रानाको नाम रहेका बताइएकाे छ  ।

विघटीत एमालेका तर्फबाट थपिने केन्द्रीय सदस्यको नाम तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेलले तयार पारिसकेकाे स्राेतले बतायाे ।

(Alprazolam)

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    LN Dhakal

    हार्दिक बधाई छ पूर्व मन्त्री क.महेशबस्नेतज्यू तथा सम्पूर्ण क.हरुलाई !!

    Comment Author

    Deepak Gautam

    काभ्रेको कोशिपारी बाट केन्द्रीय सदस्यमा कसैको पनि नाम अटने ठाउ भएन जस्तो

    Comment Author

    Subash Basnet

    Congratulation dai

    Comment Author

    Narbahadur Gharti

    अब महेश त छुट्ने कुरै भइन नी उसको उखाने काकाहुन्जेल सम्म चिट्टा पर्नु बाट कोसैले रोक्न शक्दैन महेशलाई

    Comment Author

    Upendra Paudel

    Badhai ra suvkamana 6

    Comment Author

    Kaji Giri

    Congratulations

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीविरोधी मोर्चा एकढिक्का, तोड्न यी अस्त्रको प्रयोग
ओलीविरोधी मोर्चा एकढिक्का, तोड्न यी अस्त्रको प्रयोग
संवैधानिक परिषद्को बैठक सुरु
संवैधानिक परिषद्को बैठक सुरु
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा
लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस
लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस
गायकलाइ यसकारण १० हजार पाउन्ड क्षतिपूर्ती तिर्यो बिबिसिले
गायकलाइ यसकारण १० हजार पाउन्ड क्षतिपूर्ती तिर्यो बिबिसिले
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
बैतडीका प्रमुखदलले उम्मेदवार सिफारिस गरे
बैतडीका प्रमुखदलले उम्मेदवार सिफारिस गरे
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि
अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता
अमेरिकी राष्ट्रपति चुनावको मतगणना शुरु, ट्रम्पको अग्रता
शनिबार उत्साहित देखिएका बाबुराम भोलिपल्टै निराश, भाँडियो उपेन्द्रसँगको एकता
शनिबार उत्साहित देखिएका बाबुराम भोलिपल्टै निराश, भाँडियो उपेन्द्रसँगको एकता

तपाईंले छुटाउनुभयो कि?