भारतीय खेलाडीलाई पछि पार्दै जितिन् गौरिकाले स्वर्ण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
भारतीय खेलाडीलाई पछि पार्दै जितिन् गौरिकाले स्वर्ण

सारांश

  • १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण हात पारेकी छन्।
  • उनले २ सय मिटर फ्रीस्टायलमा स्वर्ण जितेकी हुन्।
  • उनले भारतकी सुभांगी सिंहलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण हात पारेकी छन्।

उनले २ सय मिटर फ्रीस्टायलमा स्वर्ण जितेकी हुन्। उनले भारतकी सुभांगी सिंहलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्।

उनले निर्धा्रित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा पौडिइन्।

यो स्पर्धामा श्रीलंकाकी गंगा सेन तेस्रो भइन्।

सागमा व्यक्तिगत स्पर्धामा नेपालले स्वर्ण जितेको यो पहिलो पटक हो।

यसअघि नेपालले १९९९ मा टिम रिलेमा स्वर्ण जितेको थियो। नेपालले साग इतिहासमा पौडीमा २० वर्षपछि स्वर्ण जितेको हो‍।

गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं सागमा रजत र कास्य पदक जितेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?