खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
२० पटक हेरिएको
Shares
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा

सारांश

  • श्रावण २, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार्न मातहतका निकायहरूलाई आइतबार निर्देशन दिएका छन् ।
  • उनले प्रधानमन्त्री कार्यालयमै बोलाएर सम्बद्ध निकायका पदाधिकारीहरूलाई बढीमा १५ दिनभित्र समस्या समाधान नगरे कारबाही गर्ने चेतावनीसमेत दिए ।
  • ‘काठमाडौंमा सडक हो कि पोखरी हो चिन्न नसक्ने भएको छ,’ भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, स्थानीय विकास, ऊर्जा मन्त्रालयका सचिव र मातहतका निकाय प्रमुखहरूलाई सामुन्ने राखेर देउवाले भने, ‘खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ ।

श्रावण २, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार्न मातहतका निकायहरूलाई आइतबार निर्देशन दिएका छन् । उनले प्रधानमन्त्री कार्यालयमै बोलाएर सम्बद्ध निकायका पदाधिकारीहरूलाई बढीमा १५ दिनभित्र समस्या समाधान नगरे कारबाही गर्ने चेतावनीसमेत दिए ।

‘काठमाडौंमा सडक हो कि पोखरी हो चिन्न नसक्ने भएको छ,’ भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, स्थानीय विकास, ऊर्जा मन्त्रालयका सचिव र मातहतका निकाय प्रमुखहरूलाई सामुन्ने राखेर देउवाले भने, ‘खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ । तपाईंहरू के गरिरहनुभएको छ ?’ उनले खाल्डाखुल्डी पुरेर तत्काल सडकको अवस्था सुधार्न निर्देशन दिँदै त्यसका लागि आवश्यक परे बजेट तत्कालै उपलब्ध गराउने बताएका थिए ।

शुक्रबार अपराहन नेपालटारमा ३ कक्षामा अध्ययनरत विनीता फुयालको ढलले बगाएर मृत्यु भएको थियो । सामाखुसीमा स्कुले बालिका सत्या सापकोटालाई ढलले बगाउँदा बटुलाले तत्कालै उद्धार गरेका थिए । ती घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै देउवाले तत्काल फिल्डमा गएर सडकको अवस्था सुधार्न निर्देशन दिए । ‘तपाईंहरूले आजै फिल्डमा गएर काम गर्न निर्देशन दिनुस् । बढीमा १५ दिनभित्र खाल्डाहरू पुर्नुस् । फुटेका ढलहरू बनाउनुस् ।

ढलेका बिजुलीका पोल गाड्नुस्,’ देउवाको निर्देशन थियो, ‘मैले अबको १५ दिनभित्र खाल्डाखुल्डी देख्न नपरोस् । मलाई रिपोर्ट गर्नुहोस् ।’ प्रधानमन्त्री देउवाले उपत्यकाका नेपाल टेलिकम, विद्युत् प्राधिकरण र सडक विभागले समन्वय गरी काम गर्नसमेत निर्देशन दिए । ‘एउटै खाल्डो खनेर बनाउन सकिने काम तपाईंहरू किन ३ पटक खन्नुहुन्छ ?’ देउवाले भने । बैठकमा उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, सहरी विकासमन्त्री प्रभु साह, मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीलगायत थिए ।
इकान्तिपुर बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?