माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
४८ पटक हेरिएको
Shares
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

सारांश

  • पोखरा, फागुन ६ ।
  • आफू खुसी मन्त्रीमा नाम पठाएको भन्दै प्रदेश ४ मा माओवादी केन्द्रमा आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।
  • माओवादी प्रदेशसभा सदस्यले सल्लाह बिना नै आफू खुसी मन्त्रीको नाम सिफारिस गरेकोभन्दै असन्तुष्ट सदस्यले मन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश गर्ने बताइएको छ ।

पोखरा, फागुन ६ । आफू खुसी मन्त्रीमा नाम पठाएको भन्दै प्रदेश ४ मा माओवादी केन्द्रमा आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।

माओवादी प्रदेशसभा सदस्यले सल्लाह बिना नै आफू खुसी मन्त्रीको नाम सिफारिस गरेकोभन्दै असन्तुष्ट सदस्यले मन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश गर्ने बताइएको छ ।

प्रदेश नम्बर ४ मा प्रदेशसभामा १२ सिट हासिल गरेको माओवादीले एकै भेगका दुई सदस्यलाई मन्त्री बनाएको भन्दै असन्तुष्ट जनाएका हुन् ।

शुक्रबार बेलुका तनहुँबाट निर्वाचित प्रदेशसभा सदस्य तथा संसदीय दलका नेतासमेत रहेका हरिबहादुर चुमान र गोरखाबाट निर्वाचित लेखबहादुर थापालाई मन्त्री सिफारिस गरिएको थियो ।

चुमानले आन्तरिक मामिला तथा कानुन (गृह) र थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मन्त्रीको शपथ ग्रहणमा केही सदस्य उपस्थित समेत भएनन् । उनीहरुले तत्कालै निर्णय सच्याउन पार्टी भित्रै माग गरिरहेका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वसाको प्रस्तावमा आन्तरिक तयारी भइरहेको बताए ।

संसदीय दलका उपनेता रामजी बरालले अविश्वासको प्रस्ताव लैजाने अधिकार आफूहरुसँग सुरक्षित भएको भन्दै यसको विषयमा छलफलमा रहेको प्रतिक्रिया दिए । शुक्रबार माओवादी प्रदेश ४ का संयोजक हरि अधिकारी र ईन्चार्ज देव गुरुङको उपस्थितीमा मन्त्री चयन गरिएको हो । मन्त्रीको नाम प्रस्ताव हुने बित्तिकै अरु सदस्यले विरोध जनाएका थिए ।

गठबन्धनमा जम्मा दुई मन्त्री पाएको माओवादीले कास्कीले एउटा मन्त्री पाउनुपर्ने माग गरेका थिए । लेखबहादुर थापालाई हरि अधिकारी र चुमानलाई देव गुरुङको एकल निर्णयले मन्त्री बनाएको उनीहरुको भनाई छ ।

म्याग्दीबाट निर्वाचित प्रदेशसभा विनोद केसीले संसदीय दलको बैठकमा छलफल गरेर मन्त्रीको टुंगो लगाएको भए विवाद नहुने बताए । उनले भने ‘आज कि भोलि संसदीय दलमा यो विषयमा कुरा हुँदैछ । सम्भवत यस विषयको टुंगो लाग्नेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी हवल्दाकाे घरमा भेटियाे चरी भएकाे गाडी !
सशस्त्र प्रहरी हवल्दाकाे घरमा भेटियाे चरी भएकाे गाडी !
नेकपाको तल्ला कमिटी एकीकरणमा यस्तो छ मापदण्ड
नेकपाको तल्ला कमिटी एकीकरणमा यस्तो छ मापदण्ड
पत्रकार बन्धु पोखरेल पुरस्कृत
पत्रकार बन्धु पोखरेल पुरस्कृत
कांग्रेसको हेडक्वार्टरमा आदिवासी जनजाति मन्त्रीलाई सम्मान
कांग्रेसको हेडक्वार्टरमा आदिवासी जनजाति मन्त्रीलाई सम्मान
सात लाख भूकम्पपीडितको दशैं यो वर्ष पनि टहरामै
सात लाख भूकम्पपीडितको दशैं यो वर्ष पनि टहरामै
जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार
जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार
प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज हुँदै
प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज हुँदै
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
दाेस्राे पटक थपेकाे म्याद सकिँदा पनि बनेन पुल, जिल्लावासी आक्रोशित
दाेस्राे पटक थपेकाे म्याद सकिँदा पनि बनेन पुल, जिल्लावासी आक्रोशित