देशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारको जोड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
५६ पटक हेरिएको
Shares
देशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारको जोड

सारांश

  • काठमाडौँ, सरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
  • नेपाललाई सुखी र समृद्ध राष्ट्रका रुपमा विकास गर्न लोकतान्त्रिक शासन पद्धति, सामाजिक न्याय र समन्यायिक आर्थिक विकासबाट शान्ति, समुन्नति र अग्रगमनलाई साकार तुल्याउन प्रस्तुत नीति तथा कार्यक्रमको अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।

काठमाडौँ, सरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नेपाललाई सुखी र समृद्ध राष्ट्रका रुपमा विकास गर्न लोकतान्त्रिक शासन पद्धति, सामाजिक न्याय र समन्यायिक आर्थिक विकासबाट शान्ति, समुन्नति र अग्रगमनलाई साकार तुल्याउन प्रस्तुत नीति तथा कार्यक्रमको अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।

सामाजिक विभेदको अन्त्य, नागरिक सबलीकरण, ज्ञान र सीप तथा नवप्रवर्तनमा आधारित उत्पादन प्रणाली, योग्यताका आधारमा कामको अवसरको प्रत्याभूति र प्रविधिको विकासमार्फत श्रमको उत्पादकत्व वृद्धिले समाजवादको मार्ग प्रशस्त गर्ने विश्वास नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्नमा राष्ट्रपतिको जोड छ ।

उच्चदरको आर्थिक वृद्धि, सन्तुलित र सुदृढ अर्थतन्त्र निर्माण, स्वस्थ र सक्षम जनशक्तिको विकास, रोजगारीका अवसरको सिर्जना, विकासलाई समावेशी र समाजिक न्यायमा आधारित तुल्याउने लक्ष्य सरकारले निर्धारण गरेको छ ।

प्रदेश र स्थानीय तहको क्षमता विकास, पूर्वाधार निर्माण र प्रशासनिक सहजीकरणको व्यवस्था मिलाउँदै संघीय वित्त तथा मौद्रिक नीति तर्जुमा गर्दा प्रदेश र स्थानीय तहको विकास आवश्यकतालाई सम्बोधन गर्दैै बृृहत् राष्ट्रिय नीति तथा लक्ष्यलाई प्रदेश र स्थानीय तहले नीति र कार्यक्रममा आन्तरिकीकरण गर्ने राष्ट्रपतिद्वारा प्रस्तुत नीति र कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
आदिवासी जनजातिका पर्वहरुको विदा काटेपछि आदिवासी जनजाति समुदाय आन्दोलनमा
आदिवासी जनजातिका पर्वहरुको विदा काटेपछि आदिवासी जनजाति समुदाय आन्दोलनमा
अर्घाखाँचीमा डेड करोडको लागतमा सुस्त मनोस्थिति बिद्यालय बन्दै
अर्घाखाँचीमा डेड करोडको लागतमा सुस्त मनोस्थिति बिद्यालय बन्दै
चैत ११ गते बुधवारको राशिफल यस्तो छ
चैत ११ गते बुधवारको राशिफल यस्तो छ
केरा बेचेरै मासिक ५० हजार आम्दानी गर्दै
केरा बेचेरै मासिक ५० हजार आम्दानी गर्दै
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
किन लगाइयो विप्लवमाथि प्रतिबन्ध ?
किन लगाइयो विप्लवमाथि प्रतिबन्ध ?
साउन ११ गते आइतवारको राशिफल यस्तो छ
साउन ११ गते आइतवारको राशिफल यस्तो छ
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि