अन्तर्राष्ट्रिय क्रिकेटबाट एबी डिभीलिय ले लिए सन्यास !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय क्रिकेटबाट एबी डिभीलिय ले लिए सन्यास !

सारांश

  • काठमाडाै, ९ जेठ ।
  •    दक्षिण अफ्रिकाका दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभीलियर्सले सबै प्रकारका अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट तत्कालै सन्यास लिने घोषणा गरेका छन् ।
  • बुधबार ट्वीट गर्दै  पोष्ट गरिएको भिडियोमा उनले भनेका छन्, ‘अब अन्य खेलाडीलाई अगाडि जान दिनुपर्ने बेला आएको छ।

काठमाडाै, ९ जेठ ।   दक्षिण अफ्रिकाका दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभीलियर्सले सबै प्रकारका अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट तत्कालै सन्यास लिने घोषणा गरेका छन् ।

बुधबार ट्वीट गर्दै  पोष्ट गरिएको भिडियोमा उनले भनेका छन्, ‘अब अन्य खेलाडीलाई अगाडि जान दिनुपर्ने बेला आएको छ। उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट ११४ टेस्ट, २२८ ओडीआइ तथा ७८ टी ट्वेण्टी इन्टरनेशनलमा प्रतिनिधित्व गरिसकेका छन् ।

‘१४ सिजन अगाडि मलाइ पहिलोपटक राष्ट्रिय टोलीमा समावेश गर्दा एउटा हतास किशोर थिएँ । आज त्यही ठाउँबाट म सबै प्रकारका अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट तत्कालै सन्यास लिने घोषणा गर्दछु । ११४ टेस्ट, २२८ ओडीआइ तथा ७८ टि ट्वेण्टी आई पछि अब अन्य खेलाडीलाई अगाडि जान दिनुपर्ने बेला आएको छ’ उनले भिडियोमा भनेका छन् ।’

विश्वकै उत्कृष्ट ब्याट्सम्यानमध्ये एक डिभीलियर्स पछिल्लो समय चोट र खस्किँदो प्रदर्शनका कारण चिन्तामा थिए । आईपीएलमा यो वर्ष रोयल च्यालेन्जर्स बेंग्लोरलाई प्लेअफमा पु्र्याउन नसकेपनि डिभीलियर्स राम्रो प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?