पाकिस्तान श्रीलंका कूटनीति छलफलमा
सारांश
- इस्लामावाद, ११ चैत, पाकिस्तान र श्रीलंकाबीचको सम्बन्धलाई थप सुदृढ बनाइने विषयमा दुई देशका नेताहरुबीच कुराकानी भएको छ ।
- श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको हालै सम्पन्न पाकिस्तान भ्रमणका समयमा यस विषयमा जोड दिइएको समाचारमा जनाइएको छ ।
- शनिबार श्रीलंकाली राष्ट्रपति सिरिसेना र पाकिस्तानी प्रधानमन्त्री साहिद खक्वानी अब्बासीबीच पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता भएको थियो ।
इस्लामावाद, ११ चैत, पाकिस्तान र श्रीलंकाबीचको सम्बन्धलाई थप सुदृढ बनाइने विषयमा दुई देशका नेताहरुबीच कुराकानी भएको छ ।
श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको हालै सम्पन्न पाकिस्तान भ्रमणका समयमा यस विषयमा जोड दिइएको समाचारमा जनाइएको छ ।
शनिबार श्रीलंकाली राष्ट्रपति सिरिसेना र पाकिस्तानी प्रधानमन्त्री साहिद खक्वानी अब्बासीबीच पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता भएको थियो ।
सो भेटवार्ताका क्रममा उक्त विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ । उहाँहरुबीच आगामी दिनमा सम्बन्ध सुदृढिकरणका विषयमा कुराकानी भएको थियो– पाकिस्तानको विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञिप्तमा जनाइएको छ ।
उक्त विज्ञप्तिमा उहाँहरुबीच आगामी दिनमा व्यापार र लगानीका क्षेत्रमा थप कार्यगर्ने र दुवै देशका जनताबीच हुने सम्पर्कलाई अझ विस्तारगर्ने बारेमा कुराकानी भएको थियो ।
श्रीलंकाली राष्ट्रपति सिरिसेना पाकिस्तानको तीन दिने औपचारिक भ्रमणका लागि इस्लामावाद पुग्नुभएको थियो । उहाँको सो भ्रमण शनिबार सकिएको छ ।
प्रतिक्रिया