सोमबार ९७९ जना कोरोना संक्रमित थपिए
सारांश
- नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना कोरोना संक्रमित थपिएका छन्।
- यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ। हाल ४ हजार ७ सय ३९ जना क्वारेन्टिन छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया