फिल्ममा हस्तमैथुन सिन गर्नुपर्यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
सारांश
- भर्खरै मात्रै प्रदर्शित फिल्म ‘वीरे दि वेडिङ’ मा हस्तमैथुन सिन दिएर विवादमा आएकि अभिनेत्री स्वरा भास्करको तारिफ गर्दै नयाँ अभिनेत्री किश्वर मर्चेन्ट आफूले पनि मौका पाएमा यस्तो सिन दिने इच्छा व्यक्त गरेकी छन् ।
- स्पटव्वाईका लागि दिएको अन्तरवार्तामा किश्वरले भनिन्, ‘स्वराले यो सिन निकै राम्रोसँग निभाएकी छन् ।
- मलाई लाग्दैन कि उनले भन्दा राम्रो मैले गर्न सक्थेँ ।
भर्खरै मात्रै प्रदर्शित फिल्म ‘वीरे दि वेडिङ’ मा हस्तमैथुन सिन दिएर विवादमा आएकि अभिनेत्री स्वरा भास्करको तारिफ गर्दै नयाँ अभिनेत्री किश्वर मर्चेन्ट आफूले पनि मौका पाएमा यस्तो सिन दिने इच्छा व्यक्त गरेकी छन् ।
स्पटव्वाईका लागि दिएको अन्तरवार्तामा किश्वरले भनिन्, ‘स्वराले यो सिन निकै राम्रोसँग निभाएकी छन् । मलाई लाग्दैन कि उनले भन्दा राम्रो मैले गर्न सक्थेँ । उनर्लाइ म सलाम गर्छु । यो सिन कत्ति पनि भल्गर छैन । बरु रमाइलो छ ।’
उनले अगाडि थपिन्, ‘मलाई अहिलेसम्म यस्तो प्रस्ताव त आएको छैन । तर कुनै फिल्ममा हस्तमैथुन सिन गर्नुपर्यो भने खुशीसाथ तयार हुनेछु । हामी कलाकारहरुले फिल्मको कथाले मागेको कुरा दिनलाई आनाकानी गर्नु हुन्न ।’
स्वरा भास्करले आफूले दिएको हस्तमैथुन सिन महिला शशक्तिकरणका लागि भएको दावी गर्दै आएकी छन् । हस्तमैथुनको सुटिङ गर्दा निकै लाज भएको समेत उनले बताएकी छन् ।
(एजेन्सी)
प्रतिक्रिया