स्वेच्छिक अवकाश रोजेका कर्मचारीले नाम फिर्ता लिन पाउने
सारांश
- काठमाडौँ, १४ जेठ- यसभन्दा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले निजामती कर्मचारीलाई आह्वान गरेको स्वेच्छिक अवकासमा आवेदन दिएकाले फिर्ता लिनसक्ने मौका पाउने भएका छन् ।
- २० वर्ष काम गरिसकेका र ५० वर्ष उमेर नाघेका कर्मचारीले स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका थिए ।
- निवेदन दिएका कर्मचारीले आवेदन फिर्ता लिन सक्ने भएका हुन ।
काठमाडौँ, १४ जेठ- यसभन्दा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले निजामती कर्मचारीलाई आह्वान गरेको स्वेच्छिक अवकासमा आवेदन दिएकाले फिर्ता लिनसक्ने मौका पाउने भएका छन् ।
२० वर्ष काम गरिसकेका र ५० वर्ष उमेर नाघेका कर्मचारीले स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका थिए । निवेदन दिएका कर्मचारीले आवेदन फिर्ता लिन सक्ने भएका हुन ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।
स्थानीय तहमा कर्मचारी अपुग भएकाले सरकारले नयाँ योजना ल्याएको हो । चारहजार बढी कर्मचारीले स्वेच्छिक अवकाश रोजेका थिए ।
प्रतिक्रिया