सामुदायिक वनमा वाघ खोज्न सिटिटिभि क्यामेरा जडान……..

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सामुदायिक वनमा  वाघ खोज्न सिटिटिभि क्यामेरा जडान……..

सारांश

  •  अाचार्य प्रदीप, बुटवल, ९ साउन ।
  • रूपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत शंकरनगर सामुदायिक वनमा बाघ पत्ता लगाउनको सिसिटिभी क्यामेरा जडान गरिँदै छ ।
  •                                                                                                                                                                                                                                          सो क्यामरा जडानको लागि जिल्ला वन कार्यालयको नेतृत्वमा डब्लुडब्लुएफका वन्यजन्तु अनुसन्धान अधिकृतहरू दुई दिनदेखि रूपन्देहीका शंकरनगर क्षेत्रमा खटिएका छन् ।
 अाचार्य प्रदीप,

बुटवल, ९ साउन । रूपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत शंकरनगर सामुदायिक वनमा बाघ पत्ता लगाउनको सिसिटिभी क्यामेरा जडान गरिँदै छ ।                                                                                                                                                                                                                                          सो क्यामरा जडानको लागि जिल्ला वन कार्यालयको नेतृत्वमा डब्लुडब्लुएफका वन्यजन्तु अनुसन्धान अधिकृतहरू दुई दिनदेखि रूपन्देहीका शंकरनगर क्षेत्रमा खटिएका छन् ।                        सो क्षेत्रमा रहेका बाघ बादरसँग लडेको स्थानीयले देखेपछि सामुदायिक वनमार्फत आएको टोलीले बाघ हिंडेको क्षेत्र निरीक्षण गर्नुका साथै सर्भेको काम दुई दिनमा सम्पन गरेको छ ।                                                                                                                                                                                                        रूपन्देही जिल्लाका सहायक वन अधिकृत गिरीप्रसाद गैरेले सम्पूर्ण काम सकिएकोले सोमबार देखि सो क्षेत्र ५० वटा सिसिटिभी क्यामरा जडान प्राविधिकहरूले गर्ने बताए । बाघ बस्न सक्ने संभावित क्षेत्र, हिंड्डुल गर्ने जैविक मार्ग, आहार गर्ने क्षेत्रलगायतका स्थानको अनुसन्धान गरेको टोलीले जडान गरेका क्यामेराहरू साउन ९ गतेदेखि ३० गतेसम्म रहनेछन् । ती क्यामेराहरू फरक–फरक ठाउँ रहनेछन् भने बीचबीचमा हेर्ने र फेर्ने काम प्राविधिक टोलीले गर्नेछ । शंकरनगर सामुदायिक वन, रामनगर सामुदायिक वन बुटवल, करहिया सामुदायिक वनलगायतका वन क्षेत्रमा बाघको अनुगमन अनुसन्धान सुरु भएको गैरेले बताए । गएको जेठदेखि यता शंकरनगर सामुदायिक वन वरिपरिको क्षेत्रमा वन हेरालु र विभिन्न व्यक्तिहरूले पाटे बाघ विचरण गरेको देखेका थिए । स्थानीयले दुईवटा बच्चासहित पाटे बाघ देखेको बताएका छन् । शंकरनगर सामुदायिक वनका पदाधिकारी, वन प्राविधिक, वन हेरालुहरूले वन क्षेत्रमा गरेको अनुगमनका क्रममा बाघले आक्रमण गरेर मारेका बाच्छाबाच्छी फेला परेको, घाइते अवस्थाका गाई गोरु देखा परेको, बाघ र बाँदरको झडप भएको तथा विभिन्न ठाउँमा बाघका खुट्टाका छाप देखा परेपछि जंगलमा बाघ छ छैन भनेर वन्यजन्तु अनुगमन अनुसन्धानमा शंकरनगर सामुदायिक वनले पत्राचार गरेको थियो ।                                                                                                                                                                                        सामुदायिक वनले पत्रचार गरेको दुई दिनपछि प्राविधिकहरूको टोली शनिबार यहाँ आएको हो । शनिबार र आइतबार विभिन्न चरणमा बसेको बैठक तथा स्थलगत अनुगमनपछि सोमबारदेखि सिसिटिभी क्यामेरा जडान गर्ने तयारी भएको छ । जिल्ला वन कार्यालय रूपन्देहीको नेतृत्व, शंकरनगर, रामनगर र करहिया सामुदायिक वनको सहयोगमा वन्यजन्तु अनुगमन अनुसन्धान टोलीले बाघ विचरण गर्ने क्षेत्र, बाघलाई चाहिने आवश्यक आहारलगायतका विषयमा अनुसन्धान सुरु गरेको रूपन्देहीका सहायक वन अधिकृत गिरिप्रसाद गैरेको भनाइ छ । सामुदायिक वनमा बाघ भए नभएको अनुगमन अनुसन्धान गर्न डब्लुडब्लुएफका वन्यजन्तु अनुसन्धान अधिकृत सविता मल्ल, समुन्द्र सुब्बासहित पाँच जना नागरिक, वैज्ञानिकहरूको टोली खटिएको शंकरनगर सामुदायिक वनका उपाध्यक्ष रविन्द्र बस्नेतले बताए ।                                                                      यस्तै उनीहरूलाई सहयोग गर्न ३ जना वन हेरालु खटिएका छन् । उपाध्यक्ष रविन्द्र बस्नेतले यस क्षेत्रमा बाघ भएको पुष्टि भए खुसीका साथ संरक्षण गर्न सामुदायिक वन तयार रहेको बताए । उनले यस क्षेत्रमा बाघ पाउँदा आफूहरूको ठूलो उपलब्धि हुने बताए । यो टोली बाघ भए नभएको पुष्टि नगरेमा बाघलाई यस क्षेत्रमा रहन दिने या अन्यत्र लैजाने निर्णय पछि वन मन्त्रालयले गर्ने सहायक वन अधिकृत गैरेले बताए ।                                                                                                                                                                                                                                                                                    पछिल्लो एक दशक रूपन्देहीमा सामुदायिक वनहरूको उचित संरक्षण गर्दा विभिन्न वन्यजन्तुहरू फेला परेको जिल्ला वन कार्यालयको तथ्याङ्क रहेको छ । सामुदायिक वन, साझेदारी वन तथा कबुलियत वनको रूपमा वन संरक्षण भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना
उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह
उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह
राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक
राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
नेकपाभित्र बढ्दो चीन मोह
नेकपाभित्र बढ्दो चीन मोह
यसरी भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको टुङ्गो
यसरी भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको टुङ्गो
केन्द्रलाई गाली गर्दै मुख्यमन्त्रीबाट बिदा भए पोखरेल
केन्द्रलाई गाली गर्दै मुख्यमन्त्रीबाट बिदा भए पोखरेल
ओली–प्रचण्डको टक्कर बढ्दै गएको छ, फुट र जुट के हुन्छ भनेर भन्न सकिँदैन : मोहन बैद्य
ओली–प्रचण्डको टक्कर बढ्दै गएको छ, फुट र जुट के हुन्छ भनेर भन्न सकिँदैन : मोहन बैद्य

तपाईंले छुटाउनुभयो कि?