जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार
सारांश
- काठमाडौं।
- सुदन गुरुङको नेतृत्वमा रहेको जेन–जी समूहले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ।
- मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले प्रधानमन्त्रीबाट लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै समूहलाई फर्काएको हो।
काठमाडौं। सुदन गुरुङको नेतृत्वमा रहेको जेन–जी समूहले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ।
मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले प्रधानमन्त्रीबाट लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै समूहलाई फर्काएको हो।
परिसरबाट बाहिरिने क्रममा समुहका युवा ओजस्वी थापाले भोली र पर्सि गर्ने भनिएको जेनजी आन्दोलनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारे। हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दिएको भन्दै उनले अब फेरी त्यो रक्तपात आफूहरुले नचाहेकोले आन्दोलनमा आफूहरुको सहभागीतालाई लिएर भ्रममा नपर्न आग्रह गरे।
उनले भने,‘अक्टोबर ८र९ मा हामीले कुनैपनि तरिकाले बाढोमा उत्रेर आन्दोलन गर्ने कुनै योजना छैन्। हाम्रो देशलाई रक्तपात पुगिसकेको छ। हामीलाई रक्तपात चाहिएको छैन्। हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दियो। धेरै वर्षपछि सबै नेपालीहरु एउटै झण्डामुनि साझा हिसाबले बस्न पाएका छन्। भ्रम छर्ने काम गरिरहेका छन्। भोली या पर्सि हाम्रो कुनै किसिमको कार्यक्रम छैन्।’
त्यस्तै उनले देशमा सुशासन कायम नभएसम्म कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिएर आनन्दले घरमा बस्न सबैलाई अपिल गरे।
‘जबसम्म देशमा सुशासन कायम हुँदैन्। देशको भविष्य बन्दैन् तबसम्म आग्रह घरमा आनन्दले बस्नुहोस्। कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिनुहोस्,’ उनले भने।
skapa ett binance-konto
Your article helped me a lot, is there any more related content? Thanks!