सरकारले ल्यायो १३ खर्ब को बजेट, कुन कुन क्षेत्रमा कति ?
सारांश
- काठमाडौँ, १५ जेठ ।
- आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट करिब साढे १३ अर्बको रहेको छ ।
- अर्थमन्त्री डा.
काठमाडौँ, १५ जेठ । आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट करिब साढे १३ अर्बको रहेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय ससंदमा बजेट प्रस्तु गरिरहेका छन् । बजेटमा करिब १० खर्बको राजस्व उठाउने लक्ष्य राखिएको छ ।
आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ९७ करोड करोड रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । विभिन्न कार्यक्रममा उक्त रकम खर्च गर्नका लागि सो बजेट बिनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
मन्त्री खतिवडाले निजी अस्पतालको सहयोगमा प्रत्येक स्थानीय तहमा घुम्ती अस्पताल सञ्चालन गर्ने जनाएका छन् । चालू आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड बजेट थियो ।
यस्तै, शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने अर्थमन्त्री खतिवडाले घोषणा गरेका छन् ।अर्थमन्त्री खतिवडाले बजेट मार्फत ७ लाखसम्म ऋण प्रमाणपत्र धितो राखेर ऋण दिने घोषणा गरेका हुन् ।
यस्तै बैदेशिक रोजगारीबाट फर्केकाले नेपालमा स्वरोजगारमुलक व्यवसाय संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पनि पाउने भएका छन् । यी दुबै ऋणको ब्याज ५ प्रतिशत हुने र ऋणको बीमा गरिने अर्थमन्त्री खतिवडाको भनाइ छ ।
यसैगरी, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । कामदारको न्यूनतम ज्याला सुनिश्चित गरी बैदेशिक रोजगारीमा जान रोक्नका लागि यो कार्यक्रम ल्याइएको ल्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले सदनमा जानकारी दिए ।
प्रतिक्रिया