प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
सारांश
- काठमाडौं ।
- नेकपा अध्यक्ष प्रचण्डले आफूहरुबीच ‘आलोपालो सरकार चलाउने’ सहमति भएको सार्वजनिक गरेपछि यतिबेला नेपाली राजनीतिमा सरकार परिवर्तन त हुने होइन भन्ने विषयमा तरंगित बनेको छ।
- प्रचण्डले एउटा टेलिभिजन च्यानललाई दिएको अन्तर्वाताले नेपाली राजनीतिमा तरंग ल्याएको हो ।
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले आफूहरुबीच ‘आलोपालो सरकार चलाउने’ सहमति भएको सार्वजनिक गरेपछि यतिबेला नेपाली राजनीतिमा सरकार परिवर्तन त हुने होइन भन्ने विषयमा तरंगित बनेको छ। प्रचण्डले एउटा टेलिभिजन च्यानललाई दिएको अन्तर्वाताले नेपाली राजनीतिमा तरंग ल्याएको हो । प्रधानमन्त्री ओली मुलुक बाहिर रहेको अवस्थामा प्रचण्डले यस्तो अभिव्यक्ति दिएको भन्दै आलोचनासमेत भएको छ। प्रचण्डको अभिव्यक्तिले राजनीतिलाई तरंगित बनाएपछि भारतीय समकक्षी नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिएर फर्किँदै गर्दा प्रधानमन्त्री ओलीले आफूले ४–५ दिनमै प्रधानमन्त्री पद त्याग्ने भन्दै व्यंग्य गरे ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकीकरण गर्दा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डसँग गरिएको गोप्य सहमति भएको प्रचण्डले खुसाला गरेपछि ओले त्यस्तो व्यंग गरेका हुन्। गोप्य सहमतिको दस्ताबेज प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको समयमा सार्वजनिक भएको थियो ।
गत वर्षको जेठ ३ गते भएको सो सहमति जसलाई तत्कालीन समयमा सार्वजनिक गरिएको थिएन । सञ्चारमाध्यमरुमा सहमति भएको भन्ने समाचारहरु आए पनि सहमतिको दस्ताबेजमा के के कुरा थिए भन्नेबारे स्पष्ट थिएन। सहमतिलाई गोप्य राख्न खोजिएकाले सञ्चार गृहहरुले ती सहमतिका बुँदा प्राप्त गर्न सकेका थिएनन्।
सोही दस्ताबेजको जगमा रहेर प्रचण्डले दिएको अन्तर्वार्तासँगै प्रधानमन्त्री ओलीले आफूले ५–६ दिनमै प्रधानमन्त्री पद छाड्ने भनेर व्यंग्य गरे ।
सहमतिअनुसार अब करिब १ वर्ष केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्वमा रहनेछन् । र बाँकी कार्यकाल करिब साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । ओलीले यो कुरालाई किन व्यंग्य गरे । किन स्पष्टसँग आफू अब करिब १ वर्ष प्रधानमन्त्रीका रुपमा रहने र बाँकी कार्यकालका लागि प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा स्पष्ट बोलेनन् ? उनले सहमतिलाई स्पष्ट व्याख्या नगर्नु र व्यंग्य गर्नुको अर्थ चाँहि करिब साढे ३ वर्षको बाँकी अबधि पनि आफू नै प्रधानमन्त्री बन्न चाहेका हुन् ? यो सर्वत्र जिज्ञासाको विषय बनेको छ ।
फेरि सत्ता पलटको खेल सुरु हुने हो कि? लामो समयपछि अर्थपूर्ण जनमतसहित गठन भएको सरकार फेरि पदीय स्वार्थका कारण ढल्ने हो कि ? फेरि राजनीतिक स्वार्थ र विदेशी चलखेलले मुलुकलाई अस्थिरतामा धकेल्ने हो कि भन्ने चिन्ताले नागरिकमा कौतुहलता उब्जिनु सामान्य नै हो।
ओली भारतमै रहेकाबेला पुराना कागजातसहित अन्तवार्ता दिएका प्रचण्डले आफूलाई जसरी पनि एक ठाउँको कार्यकारी (पार्टी वा सरकार) चाहिएको छ भन्ने स्पष्ट संकेत दिइरहेका बेला ओलीको यस्तो प्रतिक्रिया आउँदा राजनीतिक अस्थिरता निम्तिने हो कि भन्ने आशंका आमरुपमा देखिएको छ । यो समस्याको समाधानका लागि ओलीले अध्यक्ष प्रचण्डको गुनासो सम्बोधनका लागि पार्टी अध्यक्षको एकल जिम्मेवारी उनैलाई सुम्पिनुपर्छ भन्ने सुझावहरु सतहमा देखिन थालेका छन्।
प्रतिक्रिया