टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १०, २०७८
|
|
१५ पटक हेरिएको
Shares
टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ।
  • कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा गरी यी तहमा विधानको व्यवस्थाअनुसार नै संसदीय समिति बनाउने तयारी गरेको हो ।

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ।
कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा गरी यी तहमा विधानको व्यवस्थाअनुसार नै संसदीय समिति बनाउने तयारी गरेको हो । कांग्रेस विधानले निर्वाचनका लागि उम्मेदवार छान्न सबैभन्दा शक्तिशाली संरचना संसदीय समितिको परिकल्पना गरेको छ । यी विभिन्न तहमा गठन हुने समितिले तहगत रूपमा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार राख्छन्।
यी सबै तहमा १५ चैतभित्रै संसदीय समिति बनाउन पार्टीका सम्बन्धित तहलाई निर्देशन गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार उनी र अर्का महामन्त्री गगन थापाले संसदीय समिति बनाउन भन्दै केन्द्रबाट हस्ताक्षर गरी पत्र नै पठाएका छन् ।
कांग्रेस विधानको धारा ३३ मा संसदीय समितिको गठन’bout उल्लेख छ । सो धाराको (१) मा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिनापूर्व उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । ती समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु एक महिना पूर्वअन्तिम निर्णय गरिसक्नुपर्ने विधानमा भनिएको छ ।
निर्वाचन आयोगले १२ र १३ वैशाखमा उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको अवस्थामा भने कांग्रेसले विधानमा उल्लेख भएअनुसार ११ चैतअघि नै संसदीय समिति बनाएर उम्मेदवार छान्ने प्रक्रिया टुंग्याइसक्नुपर्ने थियो । अहिले कांग्रेसका सबै तहमा धमाधम संसदीय समिति गठन गर्ने काम सुरु भएको छ ।
बाग्मती प्रदेश कांग्रेसले सोमबार मात्रै संसदीय समिति बनाएको हो । कांग्रेस विधानअनुसार महानगरपालिका प्रमुख– उपप्रमुखको केन्द्रीय संसदीय समितिले, नगरपालिका र उपमहानगरपालिका प्रमुख– उपप्रमुखको प्रदेश संसदीय समितिले, गाउँपालिका प्रमुख– उपप्रमुखको जिल्ला संसदीय समितिले र वडाध्यक्ष तथा सदस्यको प्रतिनिधिसभा क्षेत्र संसदीय समितिले उम्मेदवारको टुंगो लगाउनुपर्छ ।
विधानअनुसार संसदीय समितिले गर्ने निर्णयलाई सम्बन्धित कार्यसमितिले अनुमोदन गर्नुपर्छ । संसदीय समितिमा सम्बन्धित कार्यसमितिका पदाधिकारीका साथै सभापतिको प्रस्तावमा निश्चित संख्यामा सदस्य मनोनीत गर्ने गरिन्छ ।
कांग्रेस महामन्त्री शर्माले केन्द्रीय तहमा ११ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय संसदीय समिति गठन गर्ने जानकारी दिए । कांग्रेस विधानअनुसार संसदीय समितिमा पुग्नुअघि तल्लो तहको कार्यसमितिले प्रत्येक पदमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्छ ।
कांग्रेसका तल्ला तहबाट प्रक्रियागत रूपमा सिफारिस भएर आएका नाममध्येबाट उम्मेदवार चयन हुने व्यवस्था विधानमा छ ।[image: nepali-congress-2.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
घरमै गाडी पुगेपछि उपमहानगरका प्रमुख र वडाध्यक्षहरुलाई फूलमाला
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
नेकपा भित्र आन्तरिक किचलो बढ्दै !
नेकपा भित्र आन्तरिक किचलो बढ्दै !
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती
रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती

तपाईंले छुटाउनुभयो कि?