राजु गिरी प्रोडक्सन नयाँ चलचित्र बनाउने तयारीमा
सारांश
- काठमाडौं- राजु गिरी प्रोडक्सन अहिले चलचित्र निर्माणको फ्याट्री भएको छ ।
- एउटा चलचित्रको निर्माण नसकिदै अर्को चलचित्रको घोषणा गर्दैछ गिरी ब्यानर ।
- नेपाली चलचित्रको ठुलो लगनी भएको भनियको चलचित्र ‘देश परदेश’ को सुटिङ नसकिदै गिरी प्रोडक्सनले अर्को नयाँ चलचित्रको निर्माण घोषणा गरी सकेको छ ।
काठमाडौं- राजु गिरी प्रोडक्सन अहिले चलचित्र निर्माणको फ्याट्री भएको छ । एउटा चलचित्रको निर्माण नसकिदै अर्को चलचित्रको घोषणा गर्दैछ गिरी ब्यानर । नेपाली चलचित्रको ठुलो लगनी भएको भनियको चलचित्र ‘देश परदेश’ को सुटिङ नसकिदै गिरी प्रोडक्सनले अर्को नयाँ चलचित्रको निर्माण घोषणा गरी सकेको छ । चलचित्रको नाम भने जुराउन बाँकी नै छ ।
गिरीको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्रमा सुर्खेती नायक प्रेम शर्माले अभिनय गर्ने पक्का भएको चलचित्र निर्देशक गिरीले खुलासा गरेका छन ।
चलचित्रमा दाङका व्यवसायी रोशन थापा खलनायकको भूमिका देखिने छन् भने नवनायक र नवनायिका लगायत अरु कलाकारको खोजीमा रहेको निर्देशक गिरी ले बताए । राजु गिरीले निर्देशन गर्न लागेको यो चलचित्रलाई क्यामेरापर्सन रामेश्वर हुमागाईंले छायांकन गर्नेछन् भने संगीत बाबुल गिरीको रहने बताइएको छ ।नयाँ बन्ने फिल्म आशिष सुर्खेतीको पहिलो प्रस्तुती हुनेछ भने राजन कुमार बैशे सह निर्माता रहने बताइएको छ ।
नाम जुरायर छिट्टै फ्लोरमा जान लागे को उक्त चलचित्रको छायांकन दाङ, नेपालगन्ज र यस वरिपरिको क्षेत्रमा हुने बताउँदै निर्देशक राजु गिरीले अहिले भने म्यूजिक रेकर्डिङ्गको काम भइरहेको जानकारी दिए । निर्देशक गिरी यतिकबेला अन्य निर्देशक भन्दा व्यस्त रहेको उनको एकपछि अर्को गरी आउन लागेको चलचित्र ले नै बताउछ ।
प्रतिक्रिया