चीनलाई अमेरिकी रक्षामन्त्रीको चेतावनी

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
चीनलाई अमेरिकी रक्षामन्त्रीको चेतावनी

सारांश

  • अमेरिकी रक्षामन्त्रीले ‘साउथ चाइना सी’मा मानव निर्मित टापुहरुमा चिनियाँ सैनिकीकरण अमेरिकालाई स्वीकार्य नहुने बताएका छन्।
  • सिंगापुरमा एउटा सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै जेम्स म्याटिसले त्यस्ता कदमले क्षेत्रीय स्थिरतामा खलल पुर्याउने बताए।
  • स्रोतहरुले सम्पन्न ‘साउथ चाइना सी’माथि चिनियाँ दावीले धेरै देशका लागि विवाद निम्त्याएको छ।

अमेरिकी रक्षामन्त्रीले ‘साउथ चाइना सी’मा मानव निर्मित टापुहरुमा चिनियाँ सैनिकीकरण अमेरिकालाई स्वीकार्य नहुने बताएका छन्।

सिंगापुरमा एउटा सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै जेम्स म्याटिसले त्यस्ता कदमले क्षेत्रीय स्थिरतामा खलल पुर्याउने बताए।

स्रोतहरुले सम्पन्न ‘साउथ चाइना सी’माथि चिनियाँ दावीले धेरै देशका लागि विवाद निम्त्याएको छ।

‘साउथ चाइना सी’बारे आलोचना गरेका अमेरिकी रक्षामन्त्री म्याटिसले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण तथा आणविक कार्यक्रम रोक्न चीनले गरेको प्रयासको चाहिँ प्रशंसा गरे।

प्रतिबन्ध

यस वर्ष लगालग क्षेप्यास्त्र परीक्षण गर्ने उत्तर कोरियाली कदमविरुद्ध संयुक्त राष्ट्रसंघले थप प्रतिबन्ध लगाउने निर्णय गरेपछि अमेरिकी रक्षामन्त्रीको भनाई सार्वजनिक भएको छ।

चीन र अमेरिकाबीच हप्तौं लामो वार्तापछि सुरक्षा परिषद्ले प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो।

सांग्रिला डायलग फोरमको वार्षिक बैठकमा म्याटिसले भने, “कृत्रिम टापुहरुमा सैनिकीकरण गर्ने र सामुद्रिक इलाकामा अनुचित दावीको हामी विरोध गर्दछौँ। हामी यथास्थितिविरुद्धको एकलौटी र जबरजस्ती परिवर्तन स्वीकार गर्न सक्दैनौँ र गर्नेछैनौँ।”

आफ्नो मनोनयनको सुनुवाइका बेला म्याटिसले “टापुहरु बनाउने काम चीनले रोक्नुपर्ने र त्यसमा उसलाई पहुँच नदिइने स्पष्ट सन्देश अमेरिकाले दिने” बताएका थिए।

जवाफमा चिनियाँ विदेशमन्त्रीले “सो क्षेत्रमा आफ्नो अधिकारको रक्षा गर्न बेइजिङ अडिग रहने” बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरको टिम फाइनलमा प्रबेश
उदयपुरको टिम फाइनलमा प्रबेश
स्थानीय तहको जिम्मामा सहकारी
स्थानीय तहको जिम्मामा सहकारी
समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ
समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ
निलम्बित सांसदको आलोचित ‘पप्पु’ कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो
निलम्बित सांसदको आलोचित ‘पप्पु’ कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
सेनामा सिपाहीका अनेक पिडा, किन जागिर छोड्न बाध्य छन् ?
सेनामा सिपाहीका अनेक पिडा, किन जागिर छोड्न बाध्य छन् ?
बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर
बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर
गण्डकी प्रदेशको बजेट विकासको खाका कोर्ने र जनमुखी छः सांसद पहारी
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ

तपाईंले छुटाउनुभयो कि?