सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने !

सारांश

  • लहान, ८ भदौ ।
  • देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ ।
  • नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० विलम्ब शुल्क लाग्ने नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।

लहान, ८ भदौ । देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० विलम्ब शुल्क लाग्ने नगर प्रमुख देवनाथ साहले जानकारी दिए । जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ, सम्बन्धविच्छेद, निःशुल्क स्वास्थ्योपचार, स्वास्थ्य उपचारमा सहुलियत, छात्रवृत्ति, अति गरीब र दुईजना व्यक्ति एउटै भएकोलगायतका सिफारिस निःशुल्क गरिएको नगरप्रमुख साहले बताए ।

नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम आपाङ्गता भएका नागरिकको सिफारिसमा ५० प्रतिशत छुट दिने तथा अति गरीब डुम र मुसहर समुदायलाई नगरपालिकाबाट दिइने सिफारिसमा पूर्ण निःशुल्क गरिएको नगर प्रमुख साहको कथन छ । अधिकांश स्थानीय तहले सिफारिस र व्यक्तिगत घटना दर्तामा शुल्क बढाइरहँदा गोलबजार नगरपालिकाले विभिन्न सिफारिस र व्यक्तिगत घटना दत्र्ता निःशुल्क गरेपछि स्थानीयवासी खुशी भएका छन् । देशभरिका स्थानीय तहले कर बढाइरहेको भन्ने तीव्र असन्तुष्टि आएको बेला गोलबजार नगरपालिकाले नागरिकसँग प्रत्यक्ष सरोकार रहने सिफारिस निःशुल्क गरेपछि स्थानीयवासी खुशी देखिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार मसान्तसम्म साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग
असार मसान्तसम्म साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग
महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व ‘तीज’ : प्रधानमन्त्री ओली
महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व ‘तीज’ : प्रधानमन्त्री ओली
मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित
मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित
सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने
सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने
नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने
नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै
नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै
चौधरीले दिइन् ‘अपार्टमेन्ट’लाई अस्पतालको स्विकृति
चौधरीले दिइन् ‘अपार्टमेन्ट’लाई अस्पतालको स्विकृति
ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
मिडियाले सिपाहीको भूमिका निर्वाह गर्नुपर्छ: मुख्यमन्त्री शाही
मिडियाले सिपाहीको भूमिका निर्वाह गर्नुपर्छ: मुख्यमन्त्री शाही

तपाईंले छुटाउनुभयो कि?