पाल्पामा बस दुर्घटना, बाह्रको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • पाल्पा, १८ जेठ , पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
  • मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् ।
  • प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो ।

पाल्पा, १८ जेठ , पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो ।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट करीब १५० मिटर तल खसेको प्रउ पन्तले जानकारी दिनुभयो । बसमा २७ जना सवार थिए । घाइतेमध्ये १० जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

गएरातिदेखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?