जोखिम हेरेर फेरि लकडाउन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
४२ पटक हेरिएको
Shares
जोखिम हेरेर फेरि लकडाउन

सारांश

  • देशमा फेरि लकडाउन हुने भएको छ ।
  • तर, अबको लकडाउन देशभर नभएर कोरोना भाइरसको संक्रमण फैलिएको निश्चित स्थानलाई शिल्ड गरी लगाइने भएको हो ।
  • आपूर्तिमन्त्री लेखराज भट्टले जोखिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइनेछ ।

देशमा फेरि लकडाउन हुने भएको छ । तर, अबको लकडाउन देशभर नभएर कोरोना भाइरसको संक्रमण फैलिएको निश्चित स्थानलाई शिल्ड गरी लगाइने भएको हो ।

आपूर्तिमन्त्री लेखराज भट्टले जोखिम हेरेर कोरोना रोकथामका लागि निश्चित स्थानमा निश्चित समय निर्धारण गरी लकडाउन आवश्यकता अनुसार लगाइनेछ । उनले भने, ‘कोरोना भाइरसको जोखिम भएको स्थानमा निषेधाज्ञा जारी गर्ने तय भएको छ । यसको आजै अनुमोदन हुन्छ ।’

सरकारले ७ साउनसम्म लगाएको लकडाउन अन्त घोषणा गरेपनि संक्रमण फैलन थालेको थियो । यसलाई दृष्टिगत गरी कोरोना भाइरस बढी फैलिएको स्थानहरुमा लकडाउन गर्ने तयारी गरेको हो ।

देशका विभिन्न भागमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले रोकथामका लागि निश्चित स्थानमा निश्चित समयसम्म लकडाउने गर्ने नीति बनाएको हो । यसको कार्यान्वयन आवश्यकता अनुसार तत्काल हुने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?