ऊर्जा विकास मार्गचित्र तयार

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०८०
|
|
१८ पटक हेरिएको
Shares
ऊर्जा विकास मार्गचित्र तयार

सारांश

  • काठमाडौँ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन गरेको छ ।
  • मन्त्रालयले कार्ययोजना तयार गरे पनि मन्त्रीपरिषद्बाट स्वीकृत भने भइसकेको छैन ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन गरेको छ ।

मन्त्रालयले कार्ययोजना तयार गरे पनि मन्त्रीपरिषद्बाट स्वीकृत भने भइसकेको छैन । मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको हो ।

कार्ययोजना अनुसार सन् २०३५ सम्म कुल माग २८ हजार ४६८ मेगावाट विद्युत् पुग्ने भएकाले सोही अनुसारको तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

कार्ययोजना कार्यान्वयनका लागि अन्तरसरकारी निकायलगायतको समन्वय, कानुनी तथा संस्थागत सुधारका विषयमा पनि जोड दिइएको छ । यस्तै आगामी १२ वर्षमा कुन आयोजनाबाट के कति बिजुली उत्पादन हुन्छ र त्यसका लागि के कति लगानी चाहिन्छ भन्नेबारेमा समेत कार्ययोजनामा स्पष्ट व्यवस्था गरिएको उल्लेख छ ।

मन्त्रीस्तरीय निर्णयबाट गत असार २६ गते ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । सो कार्यदलले गत भदौ २६ गते मन्त्री बस्नेतसमक्ष प्रतिवेदन पेस गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री वर्षमान पून अचेत, नर्भिकमा उपचार हुँदै
मन्त्री वर्षमान पून अचेत, नर्भिकमा उपचार हुँदै
निर्मला पन्तको हत्या प्रकरण: छानबिन समितिकाे सदस्यमाथि अाक्रमण !
निर्मला पन्तको हत्या प्रकरण: छानबिन समितिकाे सदस्यमाथि अाक्रमण !
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
राष्ट्रिय युवा परिषद् द्वारा युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव
राष्ट्रिय युवा परिषद् द्वारा युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव
गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ
गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
अवैध लागूऔषध अफिम खेती गर्ने पक्राउ
अवैध लागूऔषध अफिम खेती गर्ने पक्राउ
निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति छैन: प्रधानमन्त्री ओली
निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति छैन: प्रधानमन्त्री ओली
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी

तपाईंले छुटाउनुभयो कि?