३३ किलाे सुन प्रकरण: पक्राउ परेका एसएसपी खत्रीले प्रधानमन्त्री ओलीलाई सम्झीय पछि..

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमडाै, १८ जेठ ।
  •   सुनकान्ड र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका एसएसपी श्याम खत्रीले आफूलाई अहिलेको प्रधानमन्त्रीसमेतले दोसल्ला ओढाई सम्मान गरेको बयान दिएका छन्।
  • तपाईँ आफ्नो जागिरको सिलसिलामा कहाँकहाँ बस्नुभयो भनी अदालतमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले आफू सेवामा रहँदा धेरै पुरस्कार पाएको उल्लेख गरेका हुन्।

काठमडाै, १८ जेठ ।  सुनकान्ड र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका एसएसपी श्याम खत्रीले आफूलाई अहिलेको प्रधानमन्त्रीसमेतले दोसल्ला ओढाई सम्मान गरेको बयान दिएका छन्।

तपाईँ आफ्नो जागिरको सिलसिलामा कहाँकहाँ बस्नुभयो भनी अदालतमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले आफू सेवामा रहँदा धेरै पुरस्कार पाएको उल्लेख गरेका हुन्।

“म सेवामा रहँदा धेरै पुरस्कार पनि पाएँ। राष्ट्रपतिबाट पाउने प्रवल श्री चौथो पुरस्कार पनि पाएको छु”, उनले बयानमा भनेका छन्, “रेकर्डमा जनिने गरी दश चोटी पुरस्कार पनि पाएको छु। अहिलेका प्रधानमन्त्री समेतले मलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।“

उनले आफ्नो बयानमा भित्रैबाट आफूलाई फसाउँन लागिपरेको आरोप लगाएका छन्। “म अलिक छुच्चो मानिस भएको हुँदा हाल आएर यस्तो मुद्दा समेत खेप्नु पर्योा। मलाई अहिले पनि भित्रबाटै फसाउन लागिपरेका छन्”, उनले भनेका छन्।

एसएसपी खत्री मुद्दा दर्ता भएपछि फरार भएका थिए। उनीविरुद्ध मंगलबार प्रहरी प्रधान कार्यालयले डिफ्युजन नोटिस जारी गरेपछि उनी आफैले अदालतमा सरेन्डर गरेका हुन्।

मुद्दामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेति ‘गोरे’ले एसएसपी खत्रीकै लाइनबाट विमानस्थलबाट सुन बाहिरिने गरेको बयान दिएका थिए। खत्रीले एक किलो सुनको ५० हजार रुपैयाँ कमिसन लिने गरेको र ५ सय किलोसम्म सुन तस्करी भएको बताएका थिए।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Samir Khadka

    ramro kam ko suvakamana chora harulae

    Comment Author

    Sangita Panta Pathak

    Gold yo sanga cha ke lukaie sakyo ya sarkarlaie deyra atmasamarpan gareko ho? Sarkar ra goldko kura sunda kuranamilera ho ke hallavako

    Comment Author

    Ram Adhikari

    Ani 33 kg sun pani puraskar nai paya ko Hola ni hoina?

    Comment Author

    Karki Baldev

    के गर्नु राज्यले गरेको सम्मान बिर्सिएर 33 किलो सुन लिन थालेपछि ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२० लाख ३० हजार घुससहित कञ्चनपुरका प्रमुख इन्जिनियर पक्राउ
२० लाख ३० हजार घुससहित कञ्चनपुरका प्रमुख इन्जिनियर पक्राउ
थाहा पाउनुहोस् बुधबारको राशिफल
थाहा पाउनुहोस् बुधबारको राशिफल
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल
एक पदमा दाजुभाइ भिड्दै
एक पदमा दाजुभाइ भिड्दै
सलमान खानले आफ्नो ममी सँग गरेको डान्स सोशल मिडियामा भाइरल हुँदै
सलमान खानले आफ्नो ममी सँग गरेको डान्स सोशल मिडियामा भाइरल हुँदै
यस्तो छ मन्त्रिपरिषदको निर्णय
यस्तो छ मन्त्रिपरिषदको निर्णय
बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन  र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण !डा. सुवोधसागर ढकाल, चेस्ट फिजिसियन,
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण !डा. सुवोधसागर ढकाल, चेस्ट फिजिसियन,
जापान समुद्री आँधीः शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप
जापान समुद्री आँधीः शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप

तपाईंले छुटाउनुभयो कि?