काभ्रेका गाउँपालिकामा इन्टरनेट पहुँच पुगेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
काभ्रेका गाउँपालिकामा इन्टरनेट पहुँच पुगेन

सारांश

  • बनेपा ।
  • काभ्रेपलाञ्चोकको कोशीपारि र महाभारत श्रृंखला डाँडापारीका विभिन्न गाउँपालिकामा अझै पनि इन्टरनेटको पहुँच पुग्न सकेको छैन ।
  • जमिनको भौगोलिक बनावट र त्यस क्षेत्रमा बिटीएस टावर नभएका कारण इन्टरनेटको पहँुच पुग्न नसकेको नेपाल टेलिकम, बनेपा शाखाले जानकारी दिएको छ ।

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारि र महाभारत श्रृंखला डाँडापारीका विभिन्न गाउँपालिकामा अझै पनि इन्टरनेटको पहुँच पुग्न सकेको छैन ।

जमिनको भौगोलिक बनावट र त्यस क्षेत्रमा बिटीएस टावर नभएका कारण इन्टरनेटको पहँुच पुग्न नसकेको नेपाल टेलिकम, बनेपा शाखाले जानकारी दिएको छ ।

जिल्लाको कोशीपारि चौरीदेउराली गाउँपालिका, मादनकुडाँरी, सलम्बु, नार्गे गर्गचेलगायतका क्षेत्रमा इन्टरनेटको पहुँच छैन भने डाँडापारिस्थित महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकालगायतको दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच नहँुदा स्थानीयले झण्झट ब्यहोरेका छन् ।

इन्टरनेटको पहुँच पु¥याउन कतिपय स्थानमा सर्वे भइरहेको र समयमा काम सम्पन्न नभएका कारण पनि इन्टरनेटको पहँुच कायम गर्न कठिनाइ भएको प्राविधिकले जनाएका छन् । डाँडापारि र खानीखोलाको केही क्षेत्रमा मोबाइलमा कुरा भएपनि इन्टरनेटको पहुँच नभएको बताइएको छ । वाइमेक्स, सिडिएमए, जिएसएम प्रविधिबाट उपभोक्ताले इन्टरनेटको सुविधा प्रयोग गरेका छन् तर यसमा पनि सबैभन्दा बढी जिएसएम प्रविधिबाट इन्टरनेट चलाउने छन् ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले दुर्गम क्षेत्र भएका कारण इन्टरनेटको पहुँच पु¥याउन कठिनाइ भएको उल्लेख गर्दै भूकम्पप्रभावित चार जिल्लालाई प्राथमिकतामा राखेर ब्रोडब्याण्ड पु¥याउने परियोजनाअन्तर्गत काम भइरहेको बताउनुभयो ।

उहाँले काभ्रेपलाञ्चोकका सबै ठाउँमा इन्टरनेटको पहुँच पु¥याउन बिटीएस टावर निर्माण र उपकरण जडानको काम पनि भइरहेको उल्लेख गर्दै अब इन्टरनेटको पहुँच नभएको स्थानमा पनि छिट्टै इन्टरनेट चल्छ भन्नुभयो ।

चौरीदेउराली गाउँपालिका–२ नार्गे गर्गचेका राजीव मोक्तानले इन्टरनेट सहज नभएका कारण निजी प्रदायक संस्था एनसेलको भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा इन्टरनेटसम्बन्धी काम नै नहुने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नदीमा बेपत्ता २ बालकको शव भेटियो
नदीमा बेपत्ता २ बालकको शव भेटियो
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा छलफल
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
ब्रुनाईमा नयाँ कानुन: बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई मृत्युदण्ड
ब्रुनाईमा नयाँ कानुन: बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई मृत्युदण्ड
चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा
चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा
बढ्यो दुई पाङ्ग्रे सवारीको कर, वार्षिक २५ सय देखि १५ हजार सम्म तिर्नु पर्ने
बढ्यो दुई पाङ्ग्रे सवारीको कर, वार्षिक २५ सय देखि १५ हजार सम्म तिर्नु पर्ने
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,
राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,
गण्डकीमा पून पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त
गण्डकीमा पून पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त

तपाईंले छुटाउनुभयो कि?