गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २६, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ।
  • साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ।

साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधाणलाई सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल
मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल
युवासंघको नवौँमहाधिवेशनको  नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
युवासंघको नवौँमहाधिवेशनको नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
निर्वाचन आयोगमा नेपाल समूहको पूनः दौडधुप
राम्रा कामको प्रचार नहुँदा  नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल
मुख्यमन्त्रीले पाए विश्वासको मत : सरकार बने पनि काम गर्न नपाएको गुनासो
मुख्यमन्त्रीले पाए विश्वासको मत : सरकार बने पनि काम गर्न नपाएको गुनासो
उपत्यका भित्र पाइने गोलभेँडा र काउलीमा धेरै विषादी
उपत्यका भित्र पाइने गोलभेँडा र काउलीमा धेरै विषादी
अमेरिकासँग वार्ता गरेपछि उत्तरी सिरियामा “युद्धविराम” गर्न टर्की सहमत
अमेरिकासँग वार्ता गरेपछि उत्तरी सिरियामा “युद्धविराम” गर्न टर्की सहमत
विद्यालयका दुई बसमा आगजनी
विद्यालयका दुई बसमा आगजनी
प्राईम टेलिभिजनको प्रसारणमा रोक !
प्राईम टेलिभिजनको प्रसारणमा रोक !
महोत्तरी : औरही नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा राजपा विजयी
महोत्तरी : औरही नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा राजपा विजयी

तपाईंले छुटाउनुभयो कि?